ह्याम्स अस्पतालको स्वास्थ्य सरोकार बहस, गुणस्तरीय सेवामा जोड

हेल्थ टिभी अनलाइन : काठमाडौंको धुम्बाराहीमा रहेको ह्याम्स अस्पतालले स्वास्थ्य सबैको सरोकार बहसको आयोजना गरेको छ ।
बृहत सामाजिक हितको लागि ह्याम्सको पहल भन्दै अस्पतालले गत वर्षदेखि नीतिगत बहस श्रृंखला सुरु गरेको हो।यो दोस्रो श्रृंखला हो । संवाद श्रृंखलाको पहिलो सत्रमा गुणस्तरीय स्वास्थ्य सेवामा पहुँचमा केन्द्रित रहेको थियो। उक्त संवादमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइरालाले स्वास्थ्य सेवाको पहुँच भएर मात्र नपुग्ने भन्दै उक्त सेवा गुणस्तरीय छ छैन भन्ने कुरा महत्वपूर्ण हुने बताए ।
उनले भने, ‘हामी धेरै जसो सेवाको पहुँचको मात्र कुरा गर्छौ तर कुरा गुणस्तरीयताको पनि हुनुपर्छ ।’ सेवा गुणस्तरीय नहुँदा पनि बिरामीको मृत्यु हुने भन्दै यो कुरामा सरकारको ध्यान जान र सेवा प्रदायक हरेक संस्थाले यसबारे प्रोटोकल बनाउन जरुरी रहेको बताए ।
कार्यक्रममा स्वास्थ्य सचिव डा विकास देवकोटाले स्वास्थ्य सेवामा गुणस्तरीय सेवाले निकै अर्थ राख्ने हुँदा यसकाबारेमा तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्ने बताए । उनले प्रिभेन्टिभ र सामान्य खालका स्वास्थ्य समस्याको उपचार स्थानीय तहमै हुनपर्नेमा पनि जोड दिए ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights