Health TV Online
Health TV Online
Health TV Online

चश्माको झन्झटबाट मुक्त गराउने लेजर सर्जरी ! (भिडियोसहित)

चश्माको झन्झटबाट मुक्त गराउने लेजर सर्जरी ! (भिडियोसहित)

हेल्थ टिभी अनलाइन : आँखामा समस्या भएर चश्मा लगाउन पर्ने व्यक्तिहरुलाई मात्र थाहा हुन्छ यो कति झन्झटिलो हुन्छ भन्ने । चश्माका कारण धेरैले आफूलाई मन लागेको काम गर्न पाइरहेका हुँदैनन्। तर प्रविधिले फड्को मारिसकेको छ । अहिले चश्मा लगाउन नपर्ने गरी सर्जरी गरेर आँखाको पावर मिलाउन मिल्छ । जसलाई रिफ्रेक्टिभ सर्जरी भनिन्छ । यो सर्जरीमा एक मिनेटमै चश्मा हटाउन मिल्छ । अर्थात एक मिनेट मात्रको सर्जरी हुन्छ । हुनत यसको प्रक्रियामा १० देखि १५ मिनेट जति लाग्न सक्छ । तर मुख्य सर्जरी भने एक मिनेटमै गर्न सकिन्छ ।

धेरैलाई लाग्नसक्छ एक मिनेटमा पनि यति लामो समयदेखि लगाइरहेको चस्मा कसरी हटाउन सकिएला भन्ने तर यो सम्भव छ र नेपालमा धेरै व्यक्तिहरुले चस्माको विकल्पको रुपमा लेजर सर्जरी गराएर ढुक्कसँग आफना गतिविधीहरु गरिरहेका छन् । यही चस्मा हटाउने रिफ्रेक्टिभ सर्जरी जसले आँखामा भएको दृष्टि दोषमा चश्मा लगाउनेलाई लेजर प्रविधिबाट चस्मा हटाउने काम गर्छ ।

के हो लेजर आई सर्जरी ? 

रिफ्रेक्टिभ सर्जरी अन्तर्गत आँखामा भएको दृष्टि दोषमा चश्मा लगाउनेलाई लेजर प्रविधिबाट चस्मा हटाउने एक किसिमको अत्याधुनिक सर्जरी हो लेजर आई सर्जरी । यसले वर्षौदेखि चस्मा लगाउँदाको झन्झटलाई मिनेटमै समाप्त पार्छ । सामान्य भाषामा भन्नुपर्दा आँखामा प्लस माइनस पावर भएका व्यक्तिहरुलाई उनीहरुको पावर मिलाएर चस्मा लगाउन नपर्ने बनाउनु हो। जुन सर्जरी गर्न एक मिनेट मात्रै लाग्छ। यसमा नत दुखाइ हुन्छ नत अस्तपताल बस्र नै पर्छ । सर्जरी गरेको भोलिपल्ट नै व्यक्ति काममा जान सक्छन् । यो सर्जरीमा न त बिरामीलाई बेहोस पारिन्छ नत यसले दुख्छ नै । अझ सर्जरी मात्र त ३० सेकेण्डमै सकिन्छ । यो लेजर सर्जरी पनि विभिन्न किसिमको हुन्छ । जस्तै लेसिक, स्माइल, स्मार्टसर्फेस । यो सर्जरीमा नाम मात्रको सर्जरी हो भन्दा पनि हुन्छ किनकी यसमा कुनै चिरफार केही हुँदैन । अझ स्मार्टफेस प्रविधि प्रयोग गर्दा त डाक्टरले बिरामीको आँखालाई हातले पनि छुन पर्दैन्। मेशिनले नै २० सेकेन्डमा लेजर गरेर मिलाइदिन्छ । त्यसैले यो असाध्यै सुरक्षित सर्जरी हो भन्न सकिन्छ । तर यसका लागि अब्बल विशेषज्ञ नै आवश्यक पर्छ।

आँखामा दृष्टि दोष भएपछि चस्मा लगाउनुको विकल्प नै छैन् । तर पछिल्लो समय चस्माको पनि विकल्प आएको छ । त्यो विकल्प हो लेजर आई सर्जरी प्रविधि । त्यसो त कन्ट्याक्ट लेन्सको सुविधा पनि छ तर यसको पनि आफ्नै लिमिटेसन छ । पावर वाला चस्मा लगाउनेलाई थाहा हुन्छ एक छिन पनि चस्मा भएन भने कस्तो समस्या आउँछ भन्ने । चस्माले भिजन क्लिअर बनाए पनि यसले धेरै कुरामा बाधा पुराइरहेको हुन्छ । खुट्टा नभएको ब्यक्तिलाई बैशाखी जति आवश्यक हुन्छ त्यसै गरी चश्मा लगाउनेलाई यो त्यति नै आवश्यक हुन्छ । पावरवाला चस्मा लगाउनेहरुलाई राती उठनुपर्यो भने र चस्मा भेटिएन भने उनीहरु केही पनि गर्न सक्दैनन। कहिलेकाहीं चस्मा फुट्न सक्छ यस्तो अवस्थामा पनि अत्यन्त गाह्रो हुने गर्छ । त्यसैले पनि यो प्रविधि मार्फत चस्मा हटाउन चाहनेहरु धेरै छन्। वर्षौ देखि चस्मा लगाउनेहरुलाई त यो नहुँदा संसार नै अन्धकार हुनपुग्छ।

सबैले चश्मा हटाउन मिल्छ त ?

चस्मा लगाउने जति सबैले यो सर्जरी गर्न मिल्छ भन्ने हुँदैन । पहिलो कुरा त १८ वर्षभन्दा मूनिका व्यक्तिले यो सर्जरी गर्न मिल्दैन । त्यसैगरी अन्य व्यक्तिहरुको पनि पहिले आँखा जाँच गरेर हेरेपछि बल्ल यो सर्जरी गर्न मिल्ने नमिल्ने भन्न सकिन्छ । यदि कसैको आँखाको नानी बलियो छैन भने त्यस्ता व्यक्तिले यो सर्जरी गर्न मिल्दैन । आँखा धेरै नै सुख्खा छ, आँखामा घाउ अथवा संक्रमण भएको छ भने पनि त्यो ठीक नभएसम्म यो सर्जरी गर्नु हुँदैन । कसले गर्न मिल्ने नमिल्ने भन्ने हेर्नका लागि स्क्यानिङ मेशिन हुन्छ त्यसले स्पस्ट पारिदिन्छ कसले गर्न मिल्छ भनेर । हामी आफू ढुक्क नभएसम्म सर्जरी गर्न सल्लाह दिंदैनौं । जसलाई यो सर्जरी गर्न सल्लाह दिन्छौं उनीहरुको निकै राम्रो पनि भएको छ । उनीहरु सन्तुस्ट छन । जति धेरै पावर भयो त्यति नै सर्जरीमा जोखिम आउनसक्ने सम्भावना हुन्छ त्यसले हामी कम पावरमै यो सर्जरी गर्न सल्लाह दिन्छौं । यसमा रिजल्ट पनि निकै राम्रो छ । यसो भन्दैमा बढी पावरमा गर्ने नमिल्ने भन्ने होइन । यो सर्जरी गर्नका लागि आँखाको नानी बलियो हुन निकै आवश्यक हुन्छ । ताकी पछि पावर प्लस माइनस भएमा चलाउन सकियोस्।

चस्मा लगाउनैपर्ने कारणले कति व्यक्ति स्विमिङ गर्नबाट वञ्चित भइरहेका हुन्छन्, जिम जान सकिरहेका हुँदैनन्, स्पोर्टसमा भाग लिन सकिरहेका हुँदैनन्। उनीहरुलाई यो चस्मा हट्दा त क्वालिटी अफ लाइफ नै परिवर्तन हुन जान्छ । उनीहरुमा एक किसिमको आत्मविश्वास बढेको पाइन्छ ।

Video:

डा किशोरराज प्रधान, रिफ्रेक्टिभ सर्जन

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा

छुटेका बालबालिकालाई खोप लगाइँदै

छुटेका बालबालिकालाई खोप लगाइँदै