नेपालमा वान हेल्थ सम्मेलन हुँदै, एन्टीमाइक्रोबियल रेसिस्टेन्सका विविध पक्षबारे छलफल हुने

हेल्थ टिभी अनलाइन : नेपालमा एन्टीमाइक्रोबियल रेसिस्टेन्स सम्बन्धी वान हेल्थ सम्मेलन हुने भएको छ । नेपलिज एशोसिएसन अफ क्लिनिकल माइक्रोबायोलोजिस्ट, (एनएसीएम), Fleming Fund Country Grant for Nepal , FHI 360 Nepal र Group for Technical Assistance को आयोजनामा काठमाडौंको पार्क भिलेज रिसोर्टमा दुई दिने सम्मेलन सोमबारदेखि हुन लागेको हो ।
सम्मेलनकाबारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै सम्मेलनका अग्रनाइजिङ सचिव तथा एनएसीएमका महासचिव डा विजेन्द्र राज रघुवंशीले एन्टीमाइक्रोबियल रेसिस्टेन्स सम्बन्धी सबै पक्षलाई समेटेर पहिलोपटक यसरी नेपालमा सम्मेलन गर्न लागिएको बताए । उनले उक्त सम्मेलनमा भारत, बंगलादेश, श्रीलंका, कम्बोडिया, भियतनाम अस्ट्रेलियाबाट विज्ञहरु आउने जानकारी दिए । भर्चुअल र प्रत्यक्ष दुबै माध्यमबाट सहभागी हुने पाउने सम्मेलनमा १९ वटा विभिन्न थिमहरुमा विशेषज्ञ पेपरहरु प्रस्तुतीकरणका लागि छानिएको समेत उनले जानकारी दिए । यसमा ओरल र पोस्टर प्रस्तुती रहेका छन् ।
एन्टीमाइक्रोबियल रेसिस्टेन्स विश्वकै बढ्दो जनस्वास्थ्य समस्याका रुपमा टाउको दुखाइ बनिरहेका बेला नेपालमा पनि यसको समस्या कस्तो छ ? र अब हामीले कसरी समाधानका उपायहरु अपनाउन सक्छौं ? भनेर सम्मेलन गर्न लागिएकाे सम्मेलनका अर्गनाइजिङ चेयर डा बालमान सिंह कार्कीले जानकारी दिए । यसैगरी कार्यक्रममा एनएसीएमकी उपाध्यक्ष डा रितु अमात्यले सम्मेलनमा आ आफनो देशमा भएका एएमआर सम्बन्धी समस्या र राम्रा अभ्यासहरुको बारेमा छलफल हुने र यसले मिलेर अघि कसरी बढ्ने भनेर साझा एजेन्डा बनाउन सजिलो हुने बताइन् । उनले एएमआरको समस्यालाई कम गर्न ह्युमन हेल्थमा मात्र काम गरेर नहुने भन्दै एनिमल हेल्थ, फुड तथा वातावरण जस्ता पक्ष पनि यो सँग जोडिने भएकाले सबैलाई एकै ठाउँयमा राखेर साझा विषयमा एकैपटक काम गर्नुपर्ने बेला भएको बताइन । उनले दुई दिने सम्मेलनमा एएमआरसँग जोडिने सबै पक्षका बारेमा सरोकारवालासँग वृहत रुपमा छलफल हुने र केही न केही निचोड आउनेमा आफू ढुक्क भएको बताइन ।
डा कार्कीले नेपालमा धेरै तथ्यांक नभए पनि सन् २०१९ मा गरिएको एक अध्ययन अनुसार एक वर्षमा सिधै एएमआरका कारण मृत्यु हुनेको संख्या ६ हजार ४०० र एएमआरसँग अप्रत्यक्ष जोडिएका २३ हजार २ सयको मृत्यु भएकाे पाइएको जानकारी दिए । सन् २०१९ कै तथ्यांक हेर्दा विश्वमा १२ लाख भन्दा बढी मानिसको मृत्यु प्रत्यक्ष रुपमा एएमआरका कारण भएको पाइन्छ भने ४० लाख भन्दा बढी मानिसको मृत्यु अप्रत्यक्ष रुपमा एएमआरका कारण भएको पाइएको पनि जनाइएको छ ।
सम्मेलनको उद्घाटन साेमबार बिहान १० बजे स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले गर्ने कार्यक्रम रहेको छ ।
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै