Health TV Online
Health TV Online
Health TV Online

पाँचौ नेपाल-जापान न्यूरो सर्जरी कन्फ्रेन्स काठमाडौंमा सुरु

पाँचौ नेपाल-जापान न्यूरो सर्जरी कन्फ्रेन्स  काठमाडौंमा सुरु

हेल्थ टिभी अनलाइन : काठमाडौंमा पाँचौं नेपाल जापान न्यूरो सर्जरी कन्फ्रेन्स आजदेखि सुरु भएको छ । न्यूरो फाउन्डेसन नेपाल, टोकियो वुमन्स मेडिकल युनिभर्सिटी, नेसोन तथा अन्नपूर्ण न्यूरो अस्पतालको संयुक्त आयोजनामा गरिएको सम्मेलको उद्घाटन नेपालका वरिष्ठ न्यूरो सर्जन डा वसन्त पन्त र जापानका वरिष्ठ न्यूरो सर्जन प्रोफेसर टाकोमी टाइराले गरेका थिए ।

यो सम्मेलन विशेषत फङसनल न्यूरो सर्जरीमा केन्द्रित हुनेछ । नेपालमा सन् २००७ देखि अन्नपूर्ण न्यूरो अस्पतालमा डा वसन्त पन्त, डा रेशा श्रेष्ठ लगायत संलग्न टिमले फङसनल न्यूरो सर्जरी सुरु गरेको हो ।

पार्किन्सन्स, शरीरको चाल सम्बन्धी गडबडी ( Movement Disorder) विभिन्न प्रकारका मानसिक स्वास्थ्य समस्यामा फङसनल न्यूरो सर्जरी सुरु गरिएको हो । तीन दिने सम्मेलनमा जापान, वेल्जियम, चीन, भारत, इन्डोनेशिया, क्यानडा, इरान लगायतका न्यूरो सर्जनहरुको उपस्थिती रहेको छ । यसैगरी सम्मेलनमा ७० भन्दा वैज्ञानिक कार्यपत्र प्रस्तुत हुने बताइएको छ । यसका साथै सम्मेलनमा ह्यान्स अन वर्कशप पनि हुनेछ ।

२०\२५ वर्षअघिसम्म पनि नेपालमा न्यूरो सर्जरीमा खासै विकास भएको थिएन । एमआरआई गर्न मात्र पनि बाहिर जानपर्ने बाध्यता थियो ।तर अहिले नेपालमा न्यूरो सर्जरीले निकै फड्को मारेको छ । अहिले देशभर न्यूरो सर्जन नै १२० जना रहेका छन् ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा

छुटेका बालबालिकालाई खोप लगाइँदै

छुटेका बालबालिकालाई खोप लगाइँदै