स्वास्थ्य सेवा विभागका नवनियुक्त महानिर्देशक डा बाराकोटीले सम्हाले जिम्मेवारी

हेल्थ टिभी अनलाइन : स्वास्थ्य सेवा विभागका नवनियुक्त महानिर्देशक डा टंकप्रसाद बाराकोटीले आजबाट विभागको जिम्मेवारी सम्हालेका छन् । उनी आज विभाग पुगेर आफनो जिम्मेवारी सम्हालेका हुन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले गत मंगलबार मन्त्रिस्तरीय निर्णय गर्दै डा बाराकोटीलाई विभागको महानिर्देशकको जिम्मेवारी दिएका थिए । यसअघिका महानिर्देशक डा विकास देवकोटा मन्त्रालयको सचिवमा बढुवा भएपछि रिक्त रहेको पदमा १२ औं तहका डा बारोकोटीलाई उक्त जिम्मेवारी दिइएको हो ।
डा देवकोटासँगै डा बाराकोटी र डा संगिता मिश्रााको नाम पनि सचिवको लागि सिफारिसमा थियो । तीनजनामध्ये सरकारले डा देवकोटालाई स्वास्थ्य सचिवमा बढुवा गरेको थियो ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights