वरिष्ठ मिर्गौला प्रत्यारोपण विशेषज्ञ डा पुकार श्रेष्ठ सम्मानित

हेल्थ टिभी अनलाइन : वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण विशेषज्ञ तथा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठ विश्व मिर्गौला दिवसको अवसरमा सम्मानित भएका छन्।
विश्व मिर्गौला दिवसको अवसरमा आयोजित एक विशेष समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र मिर्गौला पीडित सरोकार समाज नेपालका केन्द्ीय अध्यक्ष बलराम सुवेदीले डा श्रेष्ठलाई सम्मान गरेका हुन् । नेपालमै सबैभन्दा बढी मिर्गौला प्रत्यारोपण गर्ने शल्य चिकित्सकका रूपमा परिचित डा पुकार चन्द्र श्रेष्ठले हाल शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १३ सय ७३ जनाको मिर्गौला र ३२ जनाको कलेजो सफलता पूर्वक प्रत्यारोण गरिसकेका छन्।
नेपालमा पहिलो पटक कलेजो प्रत्यारोपण सेवाको सुरुवात गर्ने डा श्रेष्ठले मस्तिष्क मृत्यू पश्चात हुने अंगदान र प्रत्यारापेण गर्ने ऐतिहासिक कार्यमा समेत महत्वपूर्ण योगदान दिएकोमा मन्त्री पौडेलले उनको खुलेरै प्रशंसा गरे ।
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै