वीर अस्पतालको निर्देशकमा डा शर्मा

हेल्थ टिभी अनलाइन : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको निर्देशकमा डा दिलीप शर्मा नियुक्त भएका छन् ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका सहकुलपति स्वास्थ्यमन्त्री प्रदिप पौडेलले दुई वर्षका लागि वीर अस्पतालको निर्देशकमा डा शर्मालाई नियुक्त गरेका हुन् । मन्त्री पौडेलले न्याम्सका उपकुलपति डा भुपेन्द्र कुमार बस्नेतले सिफारिस गरेका डा शर्मासहित डा समाज गौतम र डा अनुपमा कार्कीमध्ये शर्मालाई निर्देशकको जिम्मेवारी दिएका हुन्।
यसअघिका अस्पतालका निर्देशक डा सन्तोष पौडेलको कार्यकाल फागुन ४ मा सकिएपछि निमित्तको जिम्मेवारी वीर अस्पतालकै डा समाज गौतमले सम्हाल्दै आएका थिए ।
कलेजो रोग विशेषज्ञ डा शर्माले यसअघि नेपाल मेडिकल काउन्सिलको रजिस्टार र चिकित्सा शिक्षा आयोगमा निर्देशकको जिम्मेवारी सम्हालिसकेका छन् ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights