नवनियुक्त स्वास्थ्य सचिव डा विकास देवकोटाले सम्हाले जिम्मेवारी

हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नवनियुक्त सचिव डा विकास देवकोटाले मन्त्रालय पुगेर जिम्मेवारी सम्हालेका छन् ।
स्वास्थ्य सेवा विभागको महानिर्देशकका रुपमा कार्यरत डा देवकोटालाई बुधबार बसेको मन्त्रिपरिषदको बैठकले सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार डा देवकोटाले आज मन्त्रालय पुगेर जिम्मेवारी सम्हालेका हुन् ।
डा देवकोटालाई सचिवका रुपमा स्वागत गर्दै स्वास्थ्यमन्त्री प्रदिप पौडेलले सचिवमा नयाँ भए पनि स्वास्थ्यमा नयाँ नभएकाले धेरै कुरा भन्नै नपर्ने बताए । उनले भने, ‘उहाँ २८ वर्षदेखि स्वास्थ्य सेवामा हुनुहुन्छ उहाँलाई जति मलाई कसरी थाहा हुन्छ र त्यसैले उहाँले आफै बुझेर स्वास्थ्य सेवा सुधारको लागि काम गर्नुहुनेछ भन्ने मेरो विश्वास हो ।’
डा देवकोटा विस २०५३ सालदेखि स्वास्थ्य सेवामा प्रवेश गरेका थिए । सिफारिस समितिले उनीसँगै बार्हौं तहका डा संगिता कौशल मिश्रा र डा टंक बाराकोटीको नाम सचिवका लागि सिफारिस गरी पठाएको थियो ।
यसअघि डा रोशन पोखरेल स्वास्थ्य सचिव थिए । उनी फागुण १२ गते अनिवार्य अवकाशमा गएपछि उक्त पद खाली थियो ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights