डा विकास देवकोटा बने स्वास्थ्य सचिव

हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा विकास देवकोटा नियुक्त भएका छन्।
सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त रहेको सचिव पदमा डा देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको हो । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सिफारिस भएका तीन मध्ये डा देवकोटालाई सचिव बनाउने निर्णय गरेको हो ।
सिफारिस समितिले डा देवकोटासँगै, डा संगिता मिश्रा र डा टंक बाराकोटीको नाम सिफारिस गरेको थियो । सिफारिसमा परेका तीनै जना १२ औँ तहका हुन् ।
फागुन १२ मा ५ वर्षे कार्यकाल सकेर डा रोशन पोखरेल अनिवार्य अवकाशमा गएपछि स्वास्थ्यमा स्वास्थ्य समूहको सचिव पद रिक्त रहेको थियो । सोही रिक्त पदमा डा विकास देवकोटालाई नियुक्त गरिएको हो ।
देवकोटा अहिले स्वास्थ्य सेवा विभागमा महानिर्देशकको जिम्मेवारीमा छन् ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights