म्याग्नस फर्माले प्यारेन्टल तथा इन्जेक्टेबल औषधी उत्पादन गर्दै

हेल्थ टिभी अनलाइन : नेपाली औषधी कम्पनी म्याग्नस फर्माले प्यारेन्टल तथा इन्जेक्टेबल औषधी उत्पादन गर्ने भएको छ । सोबारेमा जानकारी दिन वीरगंजमा आयोजित पत्रकार सम्मेलनमा म्याग्नस फर्माका प्रबन्ध निर्देशक सुधीर प्रकाश मास्केले अत्याधुनिक प्यारेन्टेरल प्लान्ट निर्माण अन्तिम चरणमा रहेको भन्दै आगामी बैशाख देखि प्यारेन्टल तथा इन्जेक्टेबल औषधीहरु उत्पादन सुरु हुने जानकारी दिए ।
मास्केले विश्व स्वास्थ्य संगठनको कुशल औषधि उत्पादन अभ्यास तथा विभिन्न अन्तराष्ट्रिय मापदण्ड अनुसार अत्याधुनिक प्यारेन्टेरल प्लान्ट निर्माण गरिएको र उक्त प्लान्टबाट थेराप्युटिक सेगमेन्टका विभिन्न औषधीहरु उत्पादन गर्ने लक्ष्य लिइएको बताए ।
मास्केका अनुसार नयाँ प्लान्टबाट अब क्रिटिकल केयर, पेन मेनेजमेन्ट, न्युरो, साइक्याट्री, अप्थाल्मिक, ईएनटी र एनेस्थेसिया सम्वन्धी उपचारमा प्रयोग हुने प्यारेन्टल तथा इन्जेक्टेबल औषधीहरु उत्पादन हुने छन् । नयाँ प्लान्टका लागि म्याग्नसले एक अर्ब बढी लगानी गरेको जनाएको छ ।
कम्पनीकी चिफ एक्जुक्युटिभ मञ्जुली श्रेष्ठले म्याग्नस तीव्र गतिमा विकास भएको नेपाली कम्पनी रहेको बताउँदै नयाँ बेञ्चमार्क तय गर्दै अघि बढिरहेको बताइन्। उनले भनिन, म्याग्नस फर्मा सन् २००७ मा स्थापना भएर सन् २००९ देखि औषधि उत्पादन गर्न सुरु गरेको कम्पनी हो । बिगत १६ वर्षको अवधिमा म्याग्नस फर्मा देशकै एक प्रमुख प्रतिष्ठित औषधि उत्पादकका रुपमा स्थापित छ ।
फर्माका अध्यक्ष सन्दिप तुल्सियानले म्याग्नस फर्माले अहिलेसम्म २०७ प्रकारका ओएसडी औषधीहरु ल्याइसकेको तथा यसको गुणस्तरीयता र विश्वसनीयता बजारमा स्थापित भैसकेको बताए। ‘अब आउन लागेको इन्जेक्टेबल औषधिहरु देशको स्वास्थ्य क्षेत्रको लागि अत्यावश्यक औषधीहरूमा पर्दछ । यी आउन लागेको औषधिहरुले गुणस्तरमा कुनै सम्झौता नगरिकन, देशको औषधि आयातलाई प्रतिस्थापन गर्ने लक्ष्य लिएका छौं ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights