Health TV Online
Health TV Online
Health TV Online

एन्टीबायोटिक औषधीको बट्टामा रातो धर्का अनिवार्य राख्न निर्देशन

एन्टीबायोटिक औषधीको बट्टामा रातो धर्का अनिवार्य राख्न निर्देशन

हेल्थ टिभी अनलाइन : एन्टीबायोटिक औषधीको लेवल, बट्टामा रातो धर्का अनिवार्य राख्न औषधी व्यवस्था विभागले उत्पादक तथा आयातकर्तालाई निर्देशन दिएको छ । विभागले आइतबार एक सूचना जारी गर्दै सबै खालका एन्टीबायोटिक औषधीको बट्टामा अनिवार्य रातो धर्का राख्न निर्देशन दिएको हो ।

एन्टीबायोटिक र अन्य औषधीबीचको फरक छुट्याउनका लागि र एन्टीबायोटिकको संवेदनशिलता झल्काउन पनि अन्तराष्ट्रिय अभ्यास अनुसार त्यसको बट्टामा रातो धर्का अनिवार्य गरिंदै आइएको छ । नेपालमा पनि एन्टीबायोटिक औषधीमा अनिवार्य रातो धर्का राख्नपर्ने ऐनमा उल्लेख छ ।

गत वर्षको भदौ ११ गतेकाे औषधि सल्लाहकार समितिको सिफारिसमा विभागले एन्टीबायोटिक औषधिको प्राइमरी र सेकेण्डरी प्याकिङ्गको लेवलमा रातो धर्का राख्ने सूचना जारी गरेको थियो। तर रातो धर्का सम्बन्धी नियम पालना नभएकाे भन्दै विभागले साे पालनाका लागि निर्देशन दिएको हाे।

एन्टीबायोटिक औषधीमा रातो धर्का नभएको र यसको प्रयोग र विक्री वितरण जथाभावी भइरहेको भन्ने गुनासो आएपछि विभागले यो सूचना जारी गरेको जनाएको छ । विभागले एन्टीबायोटिकको जथाभावी प्रयोगले एन्टीमाइक्रोबियल रेसिस्टेन्सको समस्या बढेको भन्दै चिकित्सकको सिफारिस बिना यस्ता औषधी खरिद नगर्न र विक्रेतालाई पनि विक्री नगर्न आग्रह गरेको छ ।

चिकित्सकको सिफारिस बिना एन्टीबायोटिक विक्री गरेको पाइए कारवाही गरिने पनि विभागले जनाएको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा

छुटेका बालबालिकालाई खोप लगाइँदै

छुटेका बालबालिकालाई खोप लगाइँदै