७५ औं स्थापना दिवस मनाउँदै चिकित्सक संघ

हेल्थ टिभी अनलाइन : नेपाल चिकित्सक संघले आफनो ७५ औं स्थापना दिवस मनाउने भएको छ । यही फागुण २० गते देशभर विभिन्न कार्यक्रम गरी संघले यो दिवस मनाउन लागेको हो । ‘नेपालको लागि नेपाली चिकित्सक’ भन्ने नारासहित यो दिवस मनाउन लागिएको संघका महासचिव डा बद्री रिजालले बताए ।
उनले नेपाली चिकित्सकहरुको योगदान, तथा भूमिकालाई मध्यनजर गर्दै उनीहरुको सम्मानमा यो कार्यक्रम गर्न लागेको जिकीर गरे । उनले भने, ‘नेपालमा चिकित्सकहरु अत्यन्त कम सेवा सुविधामा पनि देशका कुना कुनाका स्वास्थ्य संस्थामा अहोरात्र खटेर योगदान गरिरहेका छन्। उनीहरु नेपाली स्वास्थ्य सेवा प्रणालीको मेरुदण्ड नै हुन्।’
संघले २० गते काठमाडौंमा आयोजना गर्ने मुख्य कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रुपमा रहने जनाएको छ । उक्त कार्यक्रममा उत्कृष्ट काम गर्ने केही चिकित्सकलाई सम्मान गरिने कार्यक्रम पनि रहेको छ ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights