कान्ति अस्पतालमा बेड संख्या बढाउन मन्त्री पौडेलले जापान सरकारसँग मागे सहयोग

हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले कान्ति बाल अस्पताललाई एक हजार बेडमा बिस्तार गर्ने कार्यमा सहयोगका लागि जापान सरकारसँग सहयोग मागेका छन्
। नेपालका लागि जापानी राजदूत तोरु मायदासँगको भेटका क्रममा मन्त्री पौडेलले बालबालिकाको उपचारका लागि विशिष्टिकृत अस्पताल भएपनि पर्याप्त पूर्वाधार नभएकाले विकास गर्ने सरकारको योजनामा साथ दिन जापान सरकारसँग आग्रह गरेका हुन्।
मन्त्री पौडेलले मन्त्रालयले घोषणा गरेको एक्सरे फिल्म प्रयोग निरुत्साहित गरेर डिजिटल वितरण योजनामा समेत जापान सरकारबाट सहयोगको अपेक्षा गरेको बताएका थिए। यसैगरी राजदूत मायदाले कान्ति अस्पताललाई सहयोग गर्नका लागि आफू सकारात्मक रहेको बताएका थिए ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights