शिक्षामन्त्री भट्टराई बिरामी, त्रिवि शिक्षण अस्पताल भर्ना

हेल्थ टिभी अनलाइन : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई बिरामी परेपछि अस्पताल भर्ना भएकी छिन् । मन्त्री भट्टराईलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको हो ।
ज्वरो आउने, घाँटी दुख्ने, बढी खोकी लाग्ने भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो । चिकित्सकले भर्ना गरेर उपचार गर्नुपर्ने सल्लाह दिएपछि उनको भीआइपी क्याबिनमा राखेर उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।
स्वास्थ्यमा केही सुधार भइरहेको र केही परीक्षणहरुको रिपोर्ट आउन बाँकी रहेको उनको उपचारमा संलग्न एक चिकित्सकले जानकारी दिए ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights