मोटोपना सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न

हेल्थ टिभी अनलाइन : काठमाडौंमा पहिलोपटक मोटोपना सम्बन्धी अन्तराष्ट्र्रिय सम्मेलन गरिएको छ । साउथ एशियन ओबिसिटी फोरमको आयोजना तथा डाइबेटिज एण्ड इन्डोक्राइन एशोसिएसन अफ नेपालसँगको सहकार्यमा नेपालमा पहिलोपटक यस्तो सम्मेलन गरिएको हो । सम्मेलनको नारा ‘युनाइटेड अगेन्स्ट ओबिसिटी’ भन्ने रहेको छ । ४०० बढी विशेषज्ञहरु सहभागी भएर आयोजना गरिएको सम्मेलनमा १५० जना अन्तराष्ट्रिय विज्ञहरु सहभागी भएका थिए ।
पछिल्लो समय विश्वमै मोटोपन एउटा स्वास्थ्य समस्या रहेको र यो स्वास्थ्य समस्यालाई एउटा साझा एजेण्डा बनाएर युनाइटेड अगेन्स्ट ओबेसिटी अन्तर्गत साउथ एशियन ओबिसिटी फोरम २०२४ मा गठन गरिएको थियो। फोरममा नेपाल, भारत अफगानिस्तान, श्रीलंका, पाकिस्तान, माल्दिभ्स बंगलादेशका डायबिटिज, थाइराइड तथा नसर्ने रोगका विशेषज्ञहरुको समुह रहेको छ।
बढ्दै गइरहेको मोटोपन सम्बन्धी समस्यालाई कम गर्न साझा रुपमा के गर्न सकिन्छ भन्ने उद्धेस्यले ओबिसिटी सम्बन्धी छलफल कार्यक्रम राखिएको साउथ एशियन ओबिसिटी फोरमकी अध्यक्ष डा डिना श्रेष्ठले जानकारी दिइन । सम्मेलनमा मोटोपनका कारण आउने विभिन्न समस्या तथा यसबारे भएका विभिन्न अनुसन्धानका बारेमा छलफल भएको थियो । सम्मेलनमा भाग लिन भारत, पाकिस्तान, श्रीलंका बंगलादेश, अफगानिस्तान लगायतका देशका विज्ञहरु आएका थिए । उनीहरुले आ आफनो देशमा भएका मोटोपन सम्बन्धीका समस्या र समाधानका लागि गरेका प्रयासकाबारेमा धारणा राखेका थिए ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights