Health TV Online
Health TV Online
Health TV Online

बालबालिकाको क्यान्सर उपचारका लागि अत्यावश्यक औषधीको पहिलो खेप आइपुग्यो

बालबालिकाको क्यान्सर उपचारका लागि अत्यावश्यक औषधीको पहिलो खेप आइपुग्यो

हेल्थ टिभी अनलाइन : नेपालले ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्सअन्तर्गत बालबालिकामा हुने क्यान्सर उपचारका लागि अत्यावश्यक औषधीको पहिलो खेप प्राप्त गरेको छ । यस महत्वपूर्ण उपलब्धिलाई विश्व स्वास्थ्य संगठन र युनिसेफले स्वागत गर्दै बालबालिकामा हुने क्यान्सर विरुद्धको लडाइँमा नेपालले अघि बढाएको कदमको प्रशंसा गरेका छन् ।

विश्व स्वास्थ्य संगठन र सेंट जुड चिल्ड्रेन्स रिसर्च हस्पिटलको संयुक्त पहलमा स्थापना भएको यस ग्लोबल प्लेटफर्ममा युनिसेफ र पाहो खरिद साझेदारको रुपमा रहेका छन् र यसले न्यून र मध्यम आय भएका देशहरूमा बालबालिकाको क्यान्सर उपचारका लागि गुणस्तरीय औषधीहरू निरन्तर रुपमा आपूर्ति गर्ने लक्ष्य लिएको छ ।

सन् २०२० मा नेपाल विश्व स्वास्थ्य संगठनकोे ग्लोबल इनिसिएटिभ अफ चाइल्डहुड क्यान्सरको प्राथमिकतामा परेको थियो । सन् २०२२ मा, नेपाल ग्लोबल प्लेटफर्ममा सहभागी हुन छनोट भएका विश्वभरका ६ देशमध्ये एक र विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एसिया क्षेत्रका सदस्य राष्ट्रमध्ये एक मात्र राष्ट्र बन्यो । सन् २०२४ को मार्चमा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा यो कार्यक्रम सञ्चालन गर्नका लागि सहमति पत्रमा हस्ताक्षर गरेको थियो । यस प्लेटफर्मको सदस्यका रूपमा, नेपालले बालबालिकाको क्यान्सर उपचारका लागि पाँच वर्षसम्म निरन्तर रुपमा ३५ प्रकारका अत्यावश्यक गुणस्तरीय औषधी निःशुल्क प्राप्त गर्नेछ ।

युनिसेफको खरिद सेवामार्फत् वितरण गरिएका यी औषधीहरूले चारवटा अस्पतालहरु- भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, र भरतपुर क्यान्सर अस्पतालमा उपचाररत बालबालिकाको उपचारमा सहयोग गर्नेछन् । यी अस्पतालहरूले क्यान्सर उपचारका लागि आवश्यक औषधीहरूको सुरक्षित भण्डारण र प्रयोगका लागि निर्धारण गरिएका उच्चतम मापदण्डहरू पूरा गरेका छन्, जसले बालबालिकाका लागि गुणस्तरीय उपचार सुनिश्चित गर्छ ।

नेपालमा हरेक वर्ष करिब ९०० नयाँ बाल क्यान्सरका केसहरु देखा पर्ने गरेका छन् । विगतमा औषधीको अभाव र अन्य विभिन्न चुनौतीहरुको कारण एक तिहाइ बालबालिकाले मात्र उचित उपचार पाइरहेका थिए । अब यो समस्या कम हुने देखिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा

छुटेका बालबालिकालाई खोप लगाइँदै

छुटेका बालबालिकालाई खोप लगाइँदै