नेपाल क्यान्सर अस्पतालमा मनाइयो अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस

हेल्थ टिभी अनलाइन : नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरको आयोजनामा तथा नेपाल क्यान्सर सपोर्ट ग्रुप, उपचारका लागि सहयोगी हातहरू र हार्ड रक क्याफे काठमाडौंको सहकार्यमा अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवस २०२५ मनाइएको छ ।
यस कार्यक्रमको नेतृत्व अस्पतालको प्रिभेन्टिभ डिपार्टमेन्ट तथा पेडियाट्रिक अन्कोलोजी विभागले गरेको थियो । पेडियाट्रिक अन्कोलोजी युनिटका वरिष्ठ परामर्शदाता बाल क्यान्सर विशेषज्ञ डा प्रकाश निधि तिवारी तथा परामर्शदाता बाल क्यान्सर विशेषज्ञ डाअञ्जली पण्डितले बाल्यकाल क्यान्सर दिवसको महत्त्वबारे प्रकाश पार्दै क्यान्सरबाट प्रभावित बालबालिकाहरूको उपचार, स्याहार तथा आत्मबल वृद्धिमा यस्ता कार्यक्रमहरू उपयोगी हुने बताएका थिए।
अस्पतालले सबै मिलेर बाल्यकाल क्यान्सर विरुद्धको सचेतना फैलाऔं, उपचारलाई प्रभावकारी बनाऔं र हरेक बालबालिकालाई उज्ज्वल भविष्य प्रदान गरौं भन्ने नारा लिएर दिवस मनाएको अस्पतालकी निर्देशक स्वरुपा श्रेष्ठले बताइन् । उनले बालबालिकाको क्यान्सर उपचारका लागि सरकारी अस्पताल जस्तै प्राइभेट अस्पतालमा उपचार गराइरहेका बाल क्यान्सरका बिरामीलाई पनि राज्यले सहुलियत दिनुपर्ने बताइन् । क्यान्सर उपचारमा परिवार र अभिभावकको ठूलो लगानी पर्ने भन्दै श्रेष्ठले बालबालिकाको क्यान्सर उपचारमा राज्यले ध्यान दिनुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा विभिन्न बालबालिकाहरूको विशेष प्रस्तुति समावेश गरिएको थियो। अर्सिया सुवेदी, इसु गौतम, दृष्टि बोहरा, अवनी रेग्मी, पासाङ शेर्पा, कैशा श्रेष्ठ, अमोल थापा, विवेक डाँगी र अश्ना साउदले रमाइलो नृत्य प्रस्तुत गरेर उपस्थित सबैलाई प्रेरित गरे।
बाल्यकाल क्यान्सर उपचार योग्य रोग हो भन्ने सन्देश फैलाउन तथा सचेतना अभिवृद्धि गर्न यो कार्यक्रम आयोजना गरिएको थियो। चिकित्सकहरू, अभिभावकहरू, स्वयंसेवकहरू र बालबालिकाहरूको सहभागिताले यस कार्यक्रमलाई विशेष बनाएको थियो।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights