१२ दिनमा १३ लाख किशोरीले लगाइसके एचपीभी खोप

हेल्थ टिभी अनलाइन : पाठेघरको मुखको क्यान्सरबिरुद्धको एचपीभी खोप अभियानका क्रममा १२ दिनमा शनिबारसम्म १३ लाख किशोरीले खोप लगाइसकेका छन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले उक्त जानकारी दिंदै यो अभियानलाई सफल पार्न खट्ने स्वास्थ्यकर्मी, अभिभावक, स्वयंसेवक, सहयोगी विद्यालय सबैलाई धन्यवाद दिएका छन् । उनले अभियान फागुन ६ गतेसम्म चल्ने भएकाले खोप लगाउन छुटेका कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र विद्यालय बाहिर रहेका भए १० देखि १४ वर्षका किशोरीहरुलाई नजिकैको स्वास्थ्य संस्थामा गएर अनिवार्य खोप लगाउन पनि आग्रह गरेका छन् ।
माघ २२ गते विश्व क्यान्सर दिवसका दिनदेखि सुरु भएको अभियान फागुन ६ गतेसम्म सञ्चालन हुनेछ । सरकारले देशभर झण्डै १७ लाख किशोरीलाई एचपीभी खोप दिने लक्ष्य लिएको छ ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights