अर्थ मन्त्री पौडेल र पोखराका मेयर आचार्यको कीर्तिपुर अस्पतालमा उपचार हुँदै

हेल्थ टिभी अनलाइन : पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका मेयर धनराज आचार्यको काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।
घाइते भएलगत्तै अर्थमन्त्री पौडेल र मेयर धनराज आचार्यको पोखरामै प्राथमिक उपचार भएको थियो। त्यसपछि मात्र उनीहरु दुवैलाई काठमाडौं ल्याइएको हो ।
कीर्तिपुर अस्पतालले सार्वजनिक गरेको स्वास्थ्य अपडेट अनुसार दुवै जनाको प्रारम्भिक मुल्यांकनमा ५ – ६ प्रतिशत भाग जलेको छ। अस्पतालले अनुहारमा समेत जलन भएकोले स्वासनली र फोक्सोमा असर गर्न सक्ने सम्भावना रहेको भन्दै उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरेको छ।
अस्पतालका निर्देशक डा किरणकिशोर नकर्मीका अनुसार पौडेल र आचार्यको उपचारका लागि प्राडा बीडी झा, डा प्रविण गिरी लगायतका सघन उपचार कक्षको एउटा टोलीका साथै प्राडा शंकरमान राई, डा विशाल कार्की, डा मनिष यादव लगायतको जलन विशेषज्ञहरुको टोली खटिएको छ। यसैगरी डा प्रयुस अर्याल लगायतका आकस्मिक उपचार टोली, रिता गौचन, निर्मला कुँवर, तृष्णा महर्जन लगायतको नर्सिङ टोली पनि उपचारमा खटिएको उल्लेख छ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights