Health TV Online
Health TV Online
Health TV Online

नसर्ने रोगको भार कम गर्न नि:शुल्क परीक्षण अभियान थालेका हौं : मन्त्री पौडेल

नसर्ने रोगको भार कम गर्न नि:शुल्क परीक्षण अभियान थालेका हौं : मन्त्री पौडेल

हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले नसर्ने रोग विरुद्ध आजबाट सुरु हुन लागेको एक महिने अभियान सफल पार्न सबैलाई भिडियो सन्देश मार्फत अपिल गरेका छन् । उनले नेपालमा नसर्ने रोग नै मृत्युको प्रमुख कारण रहेको भन्दै यसलाई घटाउनका लागि समय समयमा आफनो स्वास्थ्य अवस्थाबारे जान्न जरुरी रहेको भन्दै निशुल्क परीक्षण अभियान सुरु गरिएको र यो अभियानमा सरिक भएर नसर्ने रोगकाबारेमा जानकारी लिन र परीक्षण गर्न आग्रह गरे ।

उनले पछिल्लो समय जलवायू परिवर्तन तथा बढ्दो शहरीकरणका कारण यसमा थप जटिलता थपिएको पनि उल्लेख गरेका छन् । उनले स्वास्थ्य मन्त्रालयले उपचारभन्दा पनि अब प्रतिकारात्मक र प्रवर्धनात्मक विधिबाट नागरिकको स्वास्थ्यमा सुधार ल्याउने प्रयास गरेको र रोग लागिसकेपछि उपचारमा हुने ठूलो धनराशी खर्चलाई कटौती गर्नका लागि रोग लाग्नै नदिन साथै सुरुकै अवस्थामा उपचार गर्ने बानी बसाल्न यो अभियानले सहयोग गर्नेमा आफूले विश्वास लिएको बताए ।

उनले समय समयमा गरिने यस्ता परीक्षणले आफूलाई भएको रोगकाबारेमा जानकारी हुने जिकीर गरे । उनले भने, निरोधात्मक विधि अन्तर्गत नागरिकको आधारभूत स्वास्थ्य परीक्षण अनि सचेतनाका माध्यमबाट सकेसम्म रोग लाग्नै नदिने तथा लागेको खण्डमा समयमै उपचारबाट नागरिकको स्वास्थ्य र नागरिक तथा राज्य दुवैको धनराशी जोगाउने हाम्रो प्रयत्न जारी छ ।

यो अभियानमा नेपाल भित्र बसोबास गर्ने ३० वर्ष भन्दा माथिका नागरिकहरुलाई हरेक स्थानीय तहका स्वास्थ्य संस्थाहरुमा मधुमेह, उच्च रक्तचाप, मृगौला सम्बन्धी रोग एवम् शरीरको उचाई र तौलको अनुपात समयमै पहिचान गरि उल्लेखित नसर्ने रोगहरुको रोकथाम तथा व्यवस्थापन गर्ने लक्ष्य राखेर फागुन महिनाभर अभियान थालिएको छ ।

मन्त्रालयले हरेक वर्ष यो अभियानलाई निरन्तरता दिने पनि जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा

छुटेका बालबालिकालाई खोप लगाइँदै

छुटेका बालबालिकालाई खोप लगाइँदै