चिकित्सा शिक्षा आयोगका निर्देशक प्राडा गुरुप्रसाद खनालले दिए राजीनामा

हेल्थ टिभी अनलाइन : चिकित्सा शिक्षा आयोगका निर्देशक प्राडा गुरुप्रसाद खनालले पदबाट राजीनामा दिएका छन् । ४ वर्षका लागि नियुक्त भएका उनले ७ महिनामै माघ २० बाट लागु हुने गरी राजिनामा पत्र आयोगमा बुझाएका हुन्।
चिकित्सा शिक्षा आयोगकका अनुसार डा खनालको राजीनामा स्वीकृत समेत भइकसकेको छ । डा खनाल चार जना निर्देशक मध्ये नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज विभागको निर्देशकको जिम्मेवारीमा थिए। विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व कार्यकारी उपकुलपतिसमेत रहेका प्राडा खनाल राजीनामापछि पुनः विपी नै फर्किएका छन् ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights