मुटुरोग विशेषज्ञ डा अवनिभूषणको ‘मान्छेको मुटु’ पुस्तक सार्वजनिक

हेल्थ टिभी अनलाइन : वरिष्ठ मुटुरोग विशेषज्ञ डा अवनिभूषण उपाध्यायको पुस्तक ‘मान्छेको मुटु’ सार्वजनिक गरिएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच पुस्तकका प्रकाशक इदा उपाध्याय, वरिष्ठ फिजिसियन डा सत्यनारायण सुवाल, वरिष्ठ मुटुरोग विशेषज्ञ डा रत्नमणि गजुरेल, वरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मी, साहित्यकार राजेन्द्र थापा, लेखक तथा सम्पादक लक्ष्मण अधिकारीले संयुक्त रूपमा पुस्तक लोकार्पण गरे ।
पुस्तकका बारेमा बोल्दै मुटुरोग विशेषज्ञ डा रेग्मीले मुटुसँग सम्बन्धित वैज्ञानिक, प्राविधिक, आध्यात्मिक, भावनात्मक सबै पाटो जोडिएर पुस्तक लेखिएकाले पुस्तक उत्कृष्ट बनेको बताए ।
साहित्यकार थापाले पुस्तकमा सर्वसाधारणले बुझ्ने गरी मुटुसम्बन्धी सरल भाषामा जानकारी प्रस्तुत गरिएको बताए । उनले पुस्तकले मेडिकलभन्दा पनि आममानिसका मुटुसम्बन्धी जिज्ञासालाई प्रश्नोत्तरमार्फत मनका कुरा रोचक ढङ्गले
साढे चार दशकदेखि मुटु उपचारमा संलग्न डा उपाध्यायको यसअघि ‘मुटुसँग सहयात्रा’ नामक पुस्तक प्रकाशन भइसकेको छ । यो डा उपाध्यायको दोस्रो पुस्तक हो । ३१० पृष्ठको प्रश्नोत्तर शैलीमा लेखिएको पुस्तकमा मुटुबारे विविध जानकारी हुनाका साथै मन र आत्माबारे चर्चा छ ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights