प्रधानमन्त्री ओलीले सुरु गरे एचपीभी खोप अभियान

हेल्थ टिभी अनलाइन : प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निशुल्क एचपीभी खोप अभियान सुरु गरेका छन्।
मंगलबार काठमाडौंको बालुवाटारमा रहेको शिवपुरी उच्च मावि खोप केन्द्रमा राखिएको विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले उक्त क्षेत्रमा खटिएका काठमाडौं महानगरपालिका वडा नम्बर ३ का स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेर अभियान शुभारम्भ गरेका हुन्। प्रधानमन्त्री ओलीले खेपले छोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउने हुँदा १० देखि १४ वर्ष ृउमेरका सबै छोरीहरुलाई यो खोप लगाउन आग्र गरे ।
देशभरका १६ लाख बढी छोरीहरुलाई यो खोप दिइँदैछ । अभियान फागुन ६ सम्म चल्नेछ ।
फोटो : डब्लुएचओ नेपाल
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights