डडेल्धुरा मेडिकल कलेजमा अब बीपीएच र बीएस्सी नर्सिङको पढाइ

हेल्थ टिभी अनलाइन : सुदूरपश्चिम विश्वविद्यालय मातहत रहेको डडेल्धुरा मेडिकल कलेजले आइतबारदेखि थप दुई संकायको पढाइ शुरु गरेको छ। बीपीएच (ब्याचलर इन पब्लिक हेल्थ) र बीएस्सी नर्सिङ ( ब्याचलर अफ साइन्स इन नर्सिङ) सञ्चालनको अनुमति पाएको मेडिकल कलेजले पठनपाठन शुरु गरेको हो।
यसअघि गत वर्षदेखि कलेजले बिएस्सी एमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्नोलोजी)को पठनपाठन शुरु गरेको थियो। मेडिकल कलेजका डिन डा हेमनाथ जोशीले बीपीएचमा १० र बीएस्सी नर्सिङ मा २० जनाको कोटा पाएकोमा अहिलेसम्म वीपीएचमा ५ र वीएस्सी नर्सिङमा १८ जना विद्यार्थी भर्ना भएको बताए। उनकाअनुसार १० जनाको कोटा रहेको बीएस्सी एमएलटीमा ६ जना भर्ना भएका छन् भने गत वर्ष ८ जना भर्ना भएका थिए।
मेडिकल कलेजका सह प्रध्यापक धर्मराज भट्टले दुई वर्षको अवधिमा तीनवटा कार्यक्रम पाउनु खुसीको कुरा भएको बताए। उनले सबैको महत्त्वपूर्ण भूमिकाले उपलब्धि हासिल गर्न सफल भएको बताए। ‘यो सफलताको बाटोमा पहिलो स्टेप हो, अन्त्य होइन्,’ उनले भने, ‘अझै थप कार्यक्रम आउनेछन्। अस्पतालको स्तरोन्नति हुँदै गयो भने एमबीबीएसको पनि पढाइ हुन्छ।’
डडेल्धुरा अस्पतालका अध्यक्ष करुणाकर ओझाले सबैको सामूहिक पहलमा सफलता पाएको बताए। उनले भने, ‘विद्यार्थीलाई गर्नुपर्ने सहयोगका लागि अस्पताल सधैं तयार छ। अस्पतालको अझै स्तरोन्नति गर्दै छौं। तीन सय बेडको अस्पताल बन्यो भने एमबीबीएस पढाइ हुने मेडिकल कलेज पाउने छौं।’ कार्यक्रममा नयाँ विद्यार्थीलाई स्वागत पनि गरिएको छ ।
सरकारले डडेल्धुरा अस्पताललाई १० माघ २०७८ मा मेडिकल कलेजका रुपमा विस्तार गर्ने निर्णय गरेको थियोे। यो कलेज सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत हुनेछ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights