स्वास्थ्य सचेतना फैलाउन स्वास्थ्य पत्रकारको भूमिका महत्वपूर्ण छ : मन्त्री पौडेल

हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले जनमानसमा स्वास्थ्य सचेतना फैलाउन स्वास्थ्य पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
आइतबार स्वास्थ्य पत्रकार मञ्च नेपालको नव-निर्वाचित समितिलाई बधाई तथा शुभकामना प्रदान गर्न मन्त्रालयले आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले स्वास्थ्य पत्रकारले निभाएको भूमिकाको खुलेरै प्रशंसा गरेका हुन् । उनले मन्त्रालयले जतिसुकै काम गरे पनि त्यो जनमानसमा पुराउन आफै नसक्ने भन्दै सो जानकारी स्वास्थ्य पत्रकारले पुलको रुपमा काम गर्दै आएको जिकीर गरे । उनले भने, ‘हामीले काम गरेका छौं तपाइँहरुले त्यसको बारेमा जनमानसमा पुराउनु भएको छ । यो असाध्यै महत्वपूर्ण जिम्मेवारी हो । यो जिम्मेवारीका लागि यहाँहरुलाई धन्यवाद दिन चाहन्छु ।’ मन्त्री पौडेलले स्वास्थ्य पत्रकारलाई मन्त्रालयले अभिन्न अंगको रुपमा लिएको र आगामी दिनमा पनि कसरी सहकार्य गर्न सकिन्छ त्यसका लागि आफू तयार रहेको बताए ।
मन्त्रालयले आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा मञ्चका नव-निर्वाचित अध्यक्ष भिषा काफ्लेले स्वास्थ्य पत्रकारिता आफैमा संवेदनशिल र प्राविधिक विषय भएकाले यसका विविध पक्षका बारेमा मन्त्रालयले तालिम तथा अभिमुखीकरण जस्ता कुरामा पनि ध्यान दिन आवश्यक रहेको बताए । उनले अन्तरराष्ट्रिय स्तरमा भएका राम्रा अभ्यासहरु सिक्ने मौका पाउँदा स्वास्थ्य पत्रकार अझ बढी जानकार हुने भन्दै अन्तराष्ट्रिय स्तरमा हुने मिडिया सम्बन्धी तालिमहरुमा पत्रकारलाई पनि अवसर दिन जरुरी रहेको जिकीर गरे ।
कार्यक्रममा मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले स्वास्थ्य पत्रकारकारसँग समन्वय गरेर अघि बढ्दा मन्त्रालयका विषयवस्तु नै अघि आउने हुँदा यसमा आफू सधैं सकारात्मक भएको बताए ।
कार्यक्रममा मञ्चका नव-निर्वाचित समिति, संस्थापक, पूर्व अध्यक्षहरु तथा सल्लाहकारहरुको उपस्थिती रहेको थियो । मञ्च स्वास्थ्य पत्रकारहरुको पेशागत हकहितमा काम गर्ने साझा संस्था हो । जसमा आ -आफनो मिडियामा स्वास्थ्यलाई मुख्य बिट बनाएर पत्रकारिता गरिरहेका ७८ जना सदस्य रहेका छन्।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights