विश्व क्यान्सर दिवसको अवसरमा नेपाल क्यान्सर अस्पतालद्वारा वाकाथन

हेल्थ टिभी अनलाइन : विश्व क्यान्सर दिवसको अवसरमा नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले क्यान्सरसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले वाकाथन कार्यक्रम गरेको छ।
शनिबार गरिएको वाकाथन कार्यक्रममा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी तथा स्थानीय बासिन्दाहरू गरी १०० भन्दा बढी सहभागी भएका थिए। वाकाथन नेपाल क्यान्सर अस्पतालबाट सुरु भई हरिसिद्धि मावि, नयाँ बस्ती, हरिसिद्धि बसपार्क, गुमोज चोक, धुसाल धारा पानी ट्यांकी हुँदै पुनः नेपाल क्यान्सर अस्पतालमै आएर सम्पन्न भएको थियो।
यस कार्यक्रमले सर्वसाधारणहरूमा क्यान्सर रोगको रोकथाम, समयमै पहिचान तथा उपचारको आवश्यकताको सन्देश प्रवाह गर्ने विश्वास लिइएको छ । नेपाल क्यान्सर अस्पतालका चिकित्सकहरूका अनुसार जीवनशैलीमा सानो सुधार तथा नियमित स्वास्थ्य परीक्षणद्वारा क्यान्सरलाई नियन्त्रण गर्न सकिन्छ। नेपाल क्यान्सर अस्पताल निरन्तर रूपमा यस्ता स्वास्थ्य जागरूकता अभियानहरू सञ्चालन गर्दै आएको छ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights