नेपाल क्यान्सर अस्पतालमा क्यान्सर स्क्रिनिङ प्याकेजमा विशेष छुट

हेल्थ टिभी अनलाइन : ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले विश्व क्यान्सर दिवस २०२५ को अवसरमा विशेष स्वास्थ्य सेवाको घोषणा गरेको छ।
अस्पतालले क्यान्सर स्क्रिनिङ प्याकेजमा २० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको हाे। जसले सर्वसाधारणलाई क्यान्सरको समयमै पहिचान गर्न मद्दत पुर्याउने विश्वास अस्पतालको छ । यो विशेष छुट ४ फेब्रुअरी २०२५ अर्थात विश्व क्यान्सर दिवसको दिन मात्र मान्य हुनेछ। अस्पतालले क्यान्सरजस्तो गम्भीर रोगको प्रारम्भिक पहिचान र रोकथामलाई प्रवर्द्धन गर्न यो छुट कार्यक्रम ल्याएको हो।
नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर क्यान्सर सम्बन्धी आधुनिक उपचार, अनुसन्धान, तथा जनचेतना अभिवृद्धिमा समर्पित संस्था हो। यो अवसरको उपयोग गर्दै अस्पतालले आम नागरिकलाई नियमित स्वास्थ्य परीक्षणतर्फ प्रेरित गर्न आग्रह गरेको छ । क्यान्सरको प्रारम्भिक पहिचान नै यस रोगविरुद्धको सबैभन्दा प्रभावकारी उपाय हो।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights