एचपीभी खोप अभियानका लागि मनिषा कोइराला सदभावना दूत

हेल्थ टिभी अनलाइन : चर्चित अभिनेत्री मनिषा कोइराला एचपीभी खोप अभियानका लागि सदभावना दूत नियुक्त भएकी छिन्। आगामी माघ २२ गतेदेखि देशभर एचपीभी खोप अभियान सुरु हुँदैछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार कोइरालालाई सो अभियानको सदभावना दूतका रुपमा नियुक्त गर्ने सहमति पत्रमा हस्ताक्षर गरेको हो।
सो अवसरमा बोल्दै स्वास्थ्य मन्त्री प्रदीप पौडेलले १० वर्षदेखि १४ वर्ष उमेर समूहका १६ लाख किशोरीहरूलाई सरकारले खोप उपलब्ध गराउने बताए।
कार्यक्रममा अभिनेत्री कोइरालाले यस खोप अभियानमा सहभागी हुन पाउँदा आफूलाई खुसी लागेको बताइन्। उनले यसको महत्त्वबारे स्पष्ट पार्दै अभियानमा आफू सक्रिय रुपमा सहभागी हुने र यसमा सबैको साथको आवश्यक रहेको बताइन ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights