१६ अस्पतालका स्वास्थ्यकर्मीलाई आधारभुत आकस्मिक सीप तालिम

हेल्थ टिभी अनलाइन : पृथ्वी राजमार्ग केन्द्रित अस्पतालका स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा ‘बेसिक ईमर्जेन्सी केयर’ बीईसी अर्थात आधारभुत आकस्मिक स्याहार तालिम दिइएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य आपतकालिन तथा विपद ब्यवस्थापनद्धारा पृथ्वी राजमार्गमा रहेको १६ अस्पतालका २५ जना डाक्टर, नर्स तथा पारामेडिक्सहरुलाई सात दिने लामो बेसिक ईमर्जेन्सी केयर तालिम दिइएको हो।
स्वास्थ्य आपतकालीन एवं विपद ब्यवस्थापनका प्रमुख डा प्रकाश बुढाथोकीले पृथ्वी राजमार्गको मुग्लिन, नागढुंगा करिडोर भित्र पर्ने सरकारी तथा निजी सहित १६ अस्पतालहरु, सुरक्षा बल अन्तर्गतको शसस्त्र प्रहरी बल अस्पताल, बलम्बु र कुरिनटारमा आकस्मिक कक्षमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी सहित २५ जना बीईसी तालिममा सहभागी भएको जानकारी दिए। बीईसी तालिम हाल सम्म ९ सय २५ आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मीहरूले लिइसकेका छन् । सो कार्यक्रममा स्वास्थ्य मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा दिपेन्द्ररमण सिंहले अस्पतालमा मात्र नभई हरेक गाउँमा समेत बीईसी तालिमप्राप्त नागरिक बनाउनु हाम्रो जिम्मेवारी रहेको बताए।
कार्यक्रममा भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव तथा रोड सेफ्टी काउन्सिलका सदस्य सचिव कृष्णराज पन्थले सडक यातायात दुर्घटनाबाट भएको चोटपटक जोखिम घटाउन यस तालिमले थप प्रभावकारी बनाउने विश्वास ब्यक्त गरे।
त्यसैगरी शसस्त्र प्रहरी अस्पतालका निर्देशक डा रुपक महर्जनले नागढुंगा हाइवे कोरिडोरमा सडक दुर्घटना धेरै हुने गरेको यस तालिमको आवश्यकता देखाउँदै थप तालिम गर्नुपर्ने बताए।
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै