Health TV Online
Health TV Online
Health TV Online

अटिजम क्षेत्रमा काम गर्ने विभिन्न क्षेत्रका पेशागत संस्था, पेशाकर्मी पहिलोपटक सहकार्यमा

अटिजम क्षेत्रमा काम गर्ने विभिन्न क्षेत्रका पेशागत संस्था, पेशाकर्मी पहिलोपटक सहकार्यमा

हेल्थ टिभी अनलाइन : नेपालमा पहिलो पटक अटिजम क्षेत्रमा काम गर्ने विभिन्न क्षेत्रका पेशागत संस्था, पेशाकर्मीहरू, अटिस्टिक बालबालिकाका अभिभावक, सेवा प्रदायकहरू र समावेशी शिक्षा प्रदायकहरूले संयुक्त रूपमा अटिजमसम्बन्धी पाठ्यक्रम निर्माणको काम थालेका छन्।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदले अटिजम स्पेट्रममा काम गर्ने दक्ष हेरचाहकर्ता उत्पादन गर्न छोटो तालिमको लागि पाठ्यक्रम विकाश गर्न लागिएको हो । यो निर्माण गर्न नेपाल फिजियोथेरापी एसोसिएसन अल नेपाल अक्कुपेसनल थेरापी एसोसिएसन स्पिच एण्ड हेयरिङ एसोसिएसन अफ नेपाल फिजियोथेरापी रिह्याबिलिटेसन सेन्टर एसोसिएसन नेपाल र क्लिनिकल साइकोलोजिस्ट एसोसिएसन अफ नेपालका अध्यक्षहरूको उपस्थिति थियो भने यस टोलीमा मनोवैज्ञानिक, काउन्सिलर, विशेष शिक्षक, अटिस्टिक बालबालिकाका अभिभावकहरू र अन्य सेवा प्रदायकहरू पनि सहभागी भएका थिए,जसले यस दस्तावेजलाई विविध र समावेशी दृष्टिकोण प्रदान गरेको छ।

यसअघि पनि विभिन्न दस्तावेज निर्माण भएका छन, तर पहिलो पटक यती विविध र समावेशी ठोली संगै एउटै उदेश्यका लागि काम गर्दै छन । पेशागत संस्था, पुनर्स्थापना स्वास्थयकर्मी , विशेष शिक्षक, अभिभावक र सेवा प्रदायकहरू सबैले एक ठाउँमा बसेर साझा दस्तावेज निर्माणका लागि सहकार्य गरेका छन्।

यो सुरुवात एक ऐतिहासिक कोशेढुंगा हो, जसले अटिजम सेवा र व्यवस्थापनमा सकारात्मक परिवर्तन ल्याउने आधार तयार गरेको छ। यस प्रयासलाई निरन्तरता दिँदै, “बेसिक अटिजम केयरगिभर्स” को लागि जनशक्ति उत्पादन र सहजताका लागि आवश्यक पाठ्यक्रम निर्माण हुनेछ।

यो पहलले नेपालमा अटिजम सेवामा दक्ष हेरचाहकर्ताको संख्या न्युन भएकोमा अब केही राहत हुन सक्ने आशा गरिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा

छुटेका बालबालिकालाई खोप लगाइँदै

छुटेका बालबालिकालाई खोप लगाइँदै