अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा विश्व स्वास्थ्य संगठनको सदस्यताबाट बाहिरिने प्रकृया सुरु गर्ने निर्णयमा हस्ताक्षर

हेल्थ टिभी अनलाइन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका विश्व स्वास्थ्य संगठनको सदस्यताबाट बाहिरिने प्रक्रिया सुरु गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।
पदभार ग्रहण गर्दै उनले उनले उक्त निर्णयमा हस्ताक्षर गरेका हुन्। यो उनले पदभार ग्रहण गरेको पहिलो दिन हस्ताक्षर गरेका धेरै कार्यकारी निर्णयहरूमध्ये एक हो। अब यस कार्यकारी आदेशले अमेरिका औपचारिक रूपमा विश्व स्वास्थ्य संगठनबाट बाहिरिने सम्भावनालाई अझ बलियो बनाएको छ। ट्रम्पले अमेरिका डब्ल्यूएचओबाट बाहिरिन निर्देशन गरेको यो दोस्रोपटक हो। उनले कोभिड १९ को व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै कोभिड १९ महामारीको समयमा बाहिरिने प्रक्रिया सुरु गरेका थिए। तर पछि राष्ट्रपति जो बाइडेनले उक्त निर्णय उल्टाएका थिए।
कार्यकारी आदेशमा अमेरिका डब्ल्यूएचओलाई संयुक्त राष्ट्रसंघको एक भागका रूपमा अन्यायपूर्ण रुपमा धेरै रकम भुक्तानी गर्न बाध्य भएकाले पनि यो निर्णय गरिएको उल्लेख छ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights