नेपाल क्यान्सर अस्पताल र इजीहेल्थकेयरबीच समझदारी पत्रमा हस्ताक्षर

हेल्थ टिभी अनलाइन : नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर र इजीहेल्थकेयरबीच स्वास्थ्य सेवा क्षेत्रमा नयाँ सहकार्यको शुरुवात गर्दै सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ।
यस सहकार्यबाट अब नेपाल क्यान्सर अस्पतालका बिरामीहरूले उच्चस्तरीय स्वास्थ्य सेवाका साथै किफायती तथा सहज यातायात सेवाको समेत लाभ उठाउन सक्नेछन्। इजीहेल्थकेयरमार्फत उपलब्ध गराइने यातायात सेवामा नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्रको लोगो पनि रहने छ। जसले सेवाग्राहीहरूको पहिचान र सहायतामा थप सहजता ल्याउने विश्वास गरिएको छ।
यस सहकार्यले विशेषगरी बिरामीहरूको आवश्यकता र सुबिधा पूरा गर्दै उनीहरूको जीवनस्तर सुधार्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु