‘नेपालको आँखा स्वास्थ्य सेवा विश्वकै उत्कृष्ट र सस्तो’

हेल्थ टिभी अनलाइन : नेपालको आँखा स्वास्थ्य सेवा विश्वमै उत्कृष्ट र सस्तो भएको विज्ञहरुले बताएका छन्। नेपाल नेत्रज्योति संघ केन्द्रीय सभाको २९ औं अधिवेशनका क्रममा विज्ञहरुले यस्तो बताएका हुन्।
कार्यक्रममा बोल्दै वरिष्ठ आँखा रोग विशेषज्ञ डा देव नारायण शाहले नेपालको आँखा स्वास्थ्य सेवा विश्वमै उत्कृष्ट र सस्तो भएको बताएका हुन्। उनले भने, ‘नेपालको जस्तो उत्कृष्ट र सस्तो आँखा उपचार सेवा विश्वमा कहीं पनि छैन्। जुन सेवा गैरसरकारी संस्था नेपाल नेत्रज्योति संघले दिइरहेको छ । जहाँ विदेशीले पनि उत्तिकै सेवा लिइरहेका छन।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाल नेत्रज्योति संघले गरेको कामको खुलेरै प्रशंसा गरे । उनले संघले नेपाल सरकारले गर्न नसकेको काम गरिरहेको भन्दै आँखा उपचारमा भएका अप्ठेरा सहज बनाउन आफू सधैं तयार रहेको समेत जिकीर गरे ।
यसैगरी स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले आँखा उपचारमा लाग्ने उपकरण तथा चस्मामा लाग्दै आएको भ्याट मिनाहा गराउने प्रतिवद्धदा व्यक्त गरे ।
कार्यक्रममा संघका अध्यक्ष डा चेतराज पन्तले आँखा उपचारलाई सहज र सुलभ बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिंदै यो सेवा अझै विस्तार गर्दै लाने बताए । कार्यक्रममा आँखा उपचारमा सेवा पुराएका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु