नागरिक अस्पतालमा अत्याधुनिक लेभल ३ आइसीयू सञ्चालन
ह्याम्स अस्पतालको व्यवस्थापन आएपछि विशिष्टीकृत सेवाहरु थपिंदै

हेल्थ टिभी अनलाइन : ह्याम्स अस्पतालको व्यवस्थापनमा सञ्चालन भइरहेको नागरिक कम्युनिटी टिचिंग हस्पिटल भक्तपुरमा भक्तपुरमै पहिलो नौ शैयाको अत्याधुनिक लेभल ३ आइसीयू सञ्चालनमा आएको छ । आइसीयूको सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एक समारोहकावीच उदघाटन गरेका छन् ।
कार्यक्रममा ह्याम्स तथा नागरिक कम्युनिटी टिचिंग हस्पिटलका अध्यक्ष रामशरण भण्डारी स्वास्थ्य सेवाको क्षेत्रमा जे मा पनि भक्तपुरमै पहिलो गर्ने योजना रहेको सुनाए । उनले भक्तपुरमै ठूलो भौतिक संरचना, स्वास्थ्य उपकरण अनि दक्ष स्वास्थ्य जनशक्ति भएको अस्पताल बनाउने योजना रहेको सुनाए । यस क्रममा भक्तपुरमै पहिलो हेलिप्याडसहितको नौ तल्ले भव्य भबन बनाउने योजना रहेको समेत जिकीर गरे । सकेसम्म छिटो नै भवन बनाइ सकेर सेवा शुभारम्भ गर्ने योजना रहेको उनले बताए । वर्तमान स्वास्थ्यमन्त्री प्रदीप पौडेलकै कार्यकालमा भवन निर्माण सम्पन्न गर्ने योजना रहेको उनको भनाई थियो ।
आइसीयूको उदघाटन गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अति विपन्नको नाममा व्यवस्था रहेको १० प्रतिशत निःशुल्क बेडको व्यवस्थालाई कार्यान्वयन गर्न समेत निर्देशन दिए । कुल बेड संख्याको १० प्रतिशत वेड संख्या उपचार गर्न नसक्ने बिरामीका लागि व्यवस्था रहेको जानकारी दिंदै उनले नागरिक अस्पतालले त्यसलाई कडाइका साथ कार्यान्वयन गर्नेमा आफू ढुक्क भएको बताए ।
कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुर नगरपालिका क्षेत्रभित्रै सुविधासम्पन्न अस्पताल बनेको र अब काठमाडौंसम्म जानुपर्ने अवस्था नरहेको बताए ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु