Health TV Online
Health TV Online
Health TV Online

बालबालिकालाई चिसोबाट कसरी जोगाउने ?

बालबालिकालाई चिसोबाट कसरी जोगाउने ?

हेल्थ टिभी अनलाइन : यतिबेला देशभर चिसो बढेको छ । कतिपय स्थानमा त शितलहर समेत सुरु भएको छ । ऋतुपरिवर्तनले विषाणु ९भाइरस० को सङ्क्रमण फैलिने समय भएकाले सबैजना सावधान हुन र यसबाट जोगिने उपाय गर्न आवश्यक छ। अझ त्यसामा पनि स साना बालबालिका चिसोमा बढी प्रभावित हुन्छन्। त्यसैले उनीरुहरुलाई यो बेला बढी केयर गर्नुपर्ने हुन्छ ।

रुघाखोकीको समस्यालाइ धुलो र धुँवाले झनै जटिल बनाउन सक्छ। बिहान बेलुका कान छोप्ने गरी टोपी वा गलबन्दी बाँध्ने र सो समयमा बाहिर जान नदिने गरेर चिसो लाग्नबाट बचाउन सकिन्छ। रुघाखोकी लागिहालेमा धैर्य गर्नैपर्छ।

यदि अरु लक्षण केही छैन नाकबाट सिंगान बग्ने र खोकी मात्र छ भने डराउनु पर्दैन। तर सावधान भने हुनुपर्छ। उत्तानो सुताउनाले नाकबाट सिंगान बगेर घाँटीमा जाने र झन् खोकी लाग्ने भएकाले कोल्टे सुताउनुपर्छ। विशेषगरी ज्वरो पनि छ भने पूर्ण रूपमा विश्राम गर्न लगाउनु र धुलोबाट जोगाउनु महत्त्वपूर्ण छ।

मनतातो पानी प्रशस्त पिउन दिनुपर्छ। नाक बन्द भएको छ भने उमालेको नूनपानी वा सलाइन पानी दुई थोपा राखेर खोल्न सकिञ्छ। घरेलु औषधि जस्तै अदुवा, तुलसीका पात, कागती र बेसार हालेर उमालेको पानी, ल्वाङ राखेर उमालेको पानी वा तुलसी र अदुवाको २्३ थोपा रस महसित खानाले छिटो सञ्चो हुन सहयोग पुग्छ।

ज्वरोले विषाणु ९भाइरस० को प्रकोप कम गर्न सहायता दिने भएकाले धेरै ज्वरो छैन भने विशेष गरी पाँच वर्षभन्दा ठूला बालबालिकाको ज्वरो घटाउन आवश्यक पर्दैन।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना