तपाइँले खाइरहेको औषधी गुणस्तरको त छ ?

हेल्थ टिभी अनलाइन : तपाइँ हामी बिरामी भएपछि अस्पताल जान्छौं, डाक्टरको सल्लाह बमोजिम औषधी किनेर खान्छौं । तर हामीले खाइरहेको औषधीको गुणस्तर के हो ? त्यसले कति काम गर्छ ? औषधी कसरी भण्डारण गरिएको छ ? एक्सपाएरी मिति कति छ ? खासै ख्याल गर्दैनौं । यी सबै कुरामा औषधीले कति निको बनाउने भन्नेमा निर्धारण हुने हुँदा यी कुराहरुमा प्रयोगकर्ता आफै सचेत हुनपर्ने बताउँछन् यतिकेम डिस्ट्रिब्युटर्स प्रालिका कार्यकारी अध्यक्ष प्रभुराज वैद्य । लामो समयदेखि औषधी व्यवसायमा रहेका वैद्यले प्रयोगकर्ता आफै सचेत भएर औषधीको गुणस्तरकोबारेमा जानकारी लिन आवश्यक रहेको बताएका हुन् । औषधीका विभिन्न पक्षकाबारेमा जानकारी दिन यतिकेमले शनिबार राजधानीमा आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा वैद्यले औषधी गुणस्तरको बनाएर मात्र नहुने भन्दै बिरामीको हातसम्म पुग्नेबेलासम्म यसको सबै मापदण्ड पूरा हुनपर्ने बताए र उनले भने, ‘हेर्नुस औषधी हामीले राम्रो बनाएका छौं मात्र भनेर हुँदैन । त्यो बजारमा गएर कसरी राखिएको छ ? कोल्डचेन मेन्टेन गरिएको छ छैन् ? महत्वपूर्ण हुन्छ । औषधी भण्डारण गर्दा कोल्ड चेन मेन्टेन गर्नुपर्ने मुख्य मापदण्ड हो । तर धेरै औषधी पसलहरुमा त्यसरी राखेको पाइँदैन । बाहिरै घाम पर्ने ठाउँमा यत्तिकै राखेको देखिन्छ । त्यस्ता औषधीले कति काम गर्छन ? ठूलो प्रश्न छ । सो कुराको ख्याल हामी कसैले पनि गरेका छैनौं ।’
वैद्यले सामान्यतया कोल्ड रुमको वर्गीकरण गर्दा कोल्ड रुम, कुल रुम र डिप फ्रिजर भनेर छुट्याइने र त्यसरी नै औषधी वा भ्याक्सिन राख्नुपर्ने बताए । भ्याक्सिन, इन्सुलिन २ देखि ८ डिग्री सेल्सियसमा मेन्टेन गरेर राख्नुपर्ने हुन्छ । सो नभए सो इन्सुलिन, भ्याक्सिनले काम नगर्ने वा प्रभावकारिता कम हुने बताए । उनले थपे, ‘कहिलेकाही हामीले बिरामी आएर मैले इन्सुलिन लगाइरहेको छु तर मेरो सुगर लेबल घटेन भनेको सुन्छौं , त्यसको एउटा कारण कोल्डचेन मेन्टेन हुन नसक्दा इन्सिुलिनले जति काम गर्नुपर्ने हो त्यति नगरेको हुनसक्छ ।’
उनले ब्यापारीहरुले व्यापार गर्नका लागि मापदण्ड पूरा नगरी औषधी बिक्रि वितरण गर्न सक्ने हुँदा सर्वसाधारण अब चनाखो हुनपर्ने बताए । उनले आफै जागरुक भएर औषधीका बारेमा जानकारी लिन आवश्यक रहेको जिकीर गरे ।
उनले कार्यक्रममा यतिकेमले कसरी औषधीको गुणस्तर कायम राख्न विभिन्न चरणका मापदण्ड पालना गर्दै आएको छ भन्ने विषयमा प्रस्तुतीकरण समेत दिएका थिए । उनले खुला सिमानाका कारण नक्कली औषधीको पनि नेपालमा ठूलो समस्या रहेको भन्दै सो बारेमा पनि जानकार हुन सबैलाई आग्रह गरे । उस्तै देखिने औषधी नक्कली पनि हुनसक्छ भन्दै यसको विविध पक्ष जाँच गरेर मात्र औषधी खरिद गर्न उनको आग्रह थियो ।
यतिकेम क्यान्सर, मिर्गौला रोग, एचआइभी लगायतका रोग विरुद्धका मल्टीनेशनल कम्पनीका औषधी नेपालमा भित्राउने पहिलो कम्पनी हो । जसको अहिले आफनै फर्मासिटीकल कम्पनी समेत छ ।
सम्पादक आचार्यलाई ‘रोटरी जर्नो अवार्ड’
अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदम : स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी
यी रोग छन्, मासु कम खानुस्
नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाइँदै
औषधि पनि हो ल्वाङ, यसरी लिनुस् फाइदा