परिवार नियोजन संघको दुई दिने ‘बृहत यौनिकता शिक्षा’ सम्बन्धी कार्यक्रम सम्पन्न
सबैको एउटै आवाज : यौनिकता शिक्षा किशोरकिशोरीका लागि अत्यावश्यक

हेल्थ टिभी अनलाइन : नेपाल परिवार नियोजन संघले यूएनएफपीएसँगको सहकार्यमा आयोजना गरेको दुई दिने बृहत यौनिकता शिक्षा : नीतिगत पैरवी र रणनीतिक योजना विषयक कार्यक्रम सम्पन्न भएको छ । बृहत यौनिकता शिक्षा विद्यालय तहमा किन अनिवार्य गर्न आवश्यक छ र यसको महत्व कस्तो हुन्छ भन्ने विषयवस्तुमा आधारित रहेर संघले सरोकारवाला निकायहरुसँग दुईदिनसम्म छलफल गरेको हो ।
जसमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रतिनिधी, महिला बालबालिका मन्त्रालयका प्रतिनिधी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधी, सञ्चारकर्मी, शिक्षक, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रतिनिधी, पाठ्यक्रम विकास केन्द्र, प्याब्सनका प्रतिनिधी लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा सरोकारवाला निकायहरुको एउटै आवाज सुनिएको थियो की बृहत यौनिकता शिक्षा अब ऐच्छिक नभएर अनिवार्य विषयका रुपमा पाठ्क्रममा राखिनुपर्ने ।
सो क्रममा बोल्दै संघका कार्यकारी निर्देशक डा प्रवीन शाक्यले यौनिकता शिक्षा किशोरकिशोरीलाई नभई नहुने ज्ञान भएकाले यसलाई अनिवार्य विषयका रुपमा समावेश गर्न सबैको पहल आवश्यक रहेको जिकीर गरे । उनले किशोरकिशोरीले सबैभन्दा बढी समय बिताउने विद्यालय नै भएकाले शिक्षकहरु मार्फत यो शिक्षा दिन सकेमा भवियष्मा हुनसक्ने यौन तथा प्रजनन सम्बन्धी हानियुक्त अभ्यासबाट जोगाउन सकिने बताए ।
कार्यक्रमको समापन समारोहमा बोल्दै शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उप महानिर्देशक चन्द्रकान्त भुसालले बृहत यौनिकता शिक्षा लाई अनिवार्य विषय बनाइनु त पर्छ नै अझ यसका बारेमा व्यापक प्रचारप्रसार पनि गर्नुपर्ने बताए । उनले यौनिकता शिक्षा भन्ने बित्तिकै अझै पनि कुरा गर्न नहुने विषयका रुपमा लिइने हुँदा यसकाबारेमा मिडियामार्फत धेरै भन्दा धेरै सूचना तथा जानकारी जनमानस समक्ष पुराउन आवश्यक रहेको जिकीर गरे ।
कार्यक्रममा यौनिकता शिक्षाको महत्वका विषयमा विज्ञहरुबाट प्रस्तुतीकरण भएको थियो ।
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै