नेपाल फिजियोथेरापी संघको अध्यक्षमा समिद कतिला श्रेष्ठ

हेल्थ टिभी अनलाइन : नेपाल फिजियोथेरापी संघको अध्यक्षमा समिद कतिला श्रेष्ठ निर्वाचित भएका छन् । संघको ११औं महाधिवेशनबाट श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय केन्द्रीय कमिटी गठन भएको हो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा श्यामसुन्दर यादव र महिला उपाध्यक्षमा डा मञ्जु ज्ञवाली निर्वाचित भएका छन्। यसैगरी महासचिवमा सुवर्ण थापा क्षेत्री, सचिवमा ज्यानेन्द्र झा, कोषाध्यक्षमा सुजितकुमार यादव र सहकोषाध्यक्षमा ओमप्रकाश शाह निर्वाचित भएका छन् ।
कार्यसमिति सदस्यहरूमा सौगात श्रेष्ठ, उज्ज्वल डोटेल, तेञ्जिङ नोर्बु लामा, धीरज श्रेष्ठ, उमाशङ्कर शाह, महिला सदस्यमा सृजना लुइँटेल, जनजातिमा कौशल दास, मधेसीमा नवीनकुमार जैसवाल चयन भएका हुन्।
राष्ट्रिय परिषद् सदस्यमा नवीन सापकोटा, सुजित झा, सकुना दानी, जयराम महर्जन र अविनाश लम्साल चयन भएको निर्वाचन समितिले जनाएको छ । संघको चुनाव अनलाइन माध्यमबाट भएको थियो ।
सम्पादक आचार्यलाई ‘रोटरी जर्नो अवार्ड’
अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदम : स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी
यी रोग छन्, मासु कम खानुस्
नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाइँदै
औषधि पनि हो ल्वाङ, यसरी लिनुस् फाइदा