नेपालमै पहिलोपटक ह्याम्स अस्पतालमा इण्डोस्कोपी प्रविधिद्वारा जटिल शल्यक्रिया सम्पन्न

हेल्थ टिभी अनलाइन : ह्याम्स अस्पतालमा नेपालमै पहिलो पटक शरीरमा घाउ नबनाई इण्डोस्कोपी विधिद्वारा जटिल शल्यक्रिया सम्पन्न भएको छ। खानाको नलीमा समस्या भएका ३ बिरामीको गत पुस १ गते सफलतापूर्वक शल्यक्रिया गरिएको अस्पतालले आज पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो।
अस्पतालका कन्सल्ट्यान्ट ग्यास्ट्रोइन्टेरोलोजिष्ट डा विवेककुमार पुर्वेको नेतृत्वमा भारतको म्याक्स सुपर स्पेसियालिटी अस्पतालका प्रमुख डा विकास सिंगलको निगरानीमा उक्त शल्यक्रिया सम्पन्न भएको थियो। अहिले बिरामीको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
विश्वभर विद्यमान नयाँ नयाा प्रविधि भित्र्याएर नेपालमै विश्वस्तरीय सेवा प्रदान गर्ने ह्याम्स अस्पतालको उदेश्य अनुरुप मुलुकमै पहिलो पटक शरीरमा घाउ नवनाईकन इण्डोस्कोपी द्वारा गरिने प्रविधि POEM (Per Oral Endoscopic Myomectomy) खानाको नलीमा समस्या हुने Achalasia Cardia का ३ जना विरामीमा २०८१ साल पुष १ गते सफलता पूर्वक सम्पन्न गरिएको अस्पतालका अध्यक्ष आरएस भण्डारीले जानकारी दिए ।
विश्वभरीमा करिव १ लाख जना मध्ये एक जना लाई ठोस तथा तरल पदार्थ निल्नै गाह्रो हुने समस्या हुने गर्दछ । तथ्यांकले यसो देखाए पनि आजको दिनमा प्रविधिहरुको विकासले ईण्डोस्कोपी लगायत अरु खाद्य नलीका जाँच गर्ने प्रविधी उपलव्ध हुँदा यसको सही तथ्यांक वढी हुनु पर्छ भन्ने निश्कर्ष स्वास्थ्यकर्मीमा रहेको छ ।
खाद्य नलीको तल्लो भागलाई Esophageal Sphincter भनिन्छ । उक्त Sphincter को ःMuscle Tone ज्यादा भई खाद्य नलीबाट खाना आमाशयमा जान नसकि गाह्रो हुने रोगलाई Achalasia Cardia भनिन्छ । यो रोग लागेको व्यक्तिलाई खाना, पानी नै निल्न गाह्रो भ तौल घट्ने, खोकी लागिरहने लगायत विभिन्न शारिरिक र मानसिक समस्या समेत हुने गर्दछ । ।
हाल सम्म नेपालमा केही ठुला अस्पतालहरुमा र केही चिकित्सकहरुबाट यस रोगको निदान बेलुन फुलाएर खाद्यनलीको तल्लोभागको Hightone मा खुम्चिएर वसेको मांसपेशीलाई च्यातेर गरिदै आएको भएता पनि हाल आएर विश्वमै सर्वोत्तम मानिएको POEM Endoscopic Surgery आजको दिनसम्म कुनै पनि नेपाली चिकित्सकले आफै गर्ने नगरेकाे ह्याम्स अस्पतालको दावी छ ।
यो विधि पश्चिमी मुलकमा समेत सवै अस्पतालहरुमा उपलव्ध छैन। निश्चित ठाँउहरुमा मात्रै उपलव्ध यो प्रविधि भारतमा समेत निश्चित अस्पतालहरु र निश्चित विज्ञहरुवाट मात्रै सम्भव रहेकाे बताइएकाे छ ।
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै