अंग प्रत्यारोपण सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु (फोटोफिचर)

हेल्थ टिभी अनलाइन : अंग प्रत्यारोपण सम्बन्धी ‘द हिमालयन इन्टरनेशनल ट्रान्सप्लान्ट कन्फ्रेन्स’ काठमाडौंमा सुरु भएको छ । अंग प्रत्यारोपणमा भएका नयाँ नयाँ प्रविधि तथा विकासका बारेमा सूचना, विचार, ज्ञान सिप आदानप्रदान गर्नका लागि द ट्रान्सप्लान्ट कम्युनिटी अफ नेपाल ले आयोजना गरेको कार्यक्रममा अमेरिका, बेलायत, जापान, नेदरल्यान्ड, भारत लगायतका विज्ञहरुको सहभागिता रहेको छ । सम्मेलनको नारा ‘विकासोन्मुख राष्ट्रहरुमा अंगदानलाई प्रवर्धन गर्नु’ रहेको छ ।
सम्मेलन आयोजक समितिका अध्यक्ष तथा वरिष्ठ प्रत्यारोपण विशेषज्ञ डा पुकार चन्द्र श्रेष्ठले प्रत्यारोपण क्षेत्रमा भएका नयाँ नयाँ गतिविधिकाबारेमा ज्ञान आदानप्रदान गर्न सम्मेलनको आयोजना गरिएको बताए ।
दुई दिने सम्मेलनमा प्रत्यारोपणसँग जोडिएका चिकित्सक, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरु गरी ३०० बढीको सहभागिता रहनेछ । सम्मेलन भोलिसम्म जारी रहनेछ । अंग प्रत्यारोपण सम्बन्धी विभिन्न पक्षमा साइन्टिफिक सेसनहरु शनिबार बिहान ९ बजेदेखि सुरु भए पनि औपचारिक उद्घाटन भने स्वास्थ्यमन्त्री प्रदीप पौडेलले साँझ पाँच बजे गर्ने कार्यक्रम रहेको आयोजकले जनाएका छन् ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights