अंग प्रत्यारोपण सम्बन्धी ‘द हिमालयन ट्रान्सप्लान्ट’ सम्मेलन हुँदै

हेल्थ टिभी अनलाइन : काठमाडौंमा यही मंसीर २९ र ३० गते दुई दिन अंग प्रत्यारोपण सम्बन्धी द हिमालयन ट्रान्स्प्लान्ट सम्मेलन हुने भएको छ । नेपालमा अंग प्रत्यारोपण गर्ने सोसाइटीहरुको संयुक्त आयोजनामा उक्त सम्मेलन हुन लागेको हो । सम्मेलनको नारा विकासोन्मुख राष्ट्रहरुमा अंगदानलाई प्रवर्धन गर्नु रहेको छ ।
सम्मेलनका बारेमा जानकारी दिन मंगलबार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनका क्रममा सम्मेलन आयोजक समितिका अध्यक्ष तथा वरिष्ठ प्रत्यारोपण विशेषज्ञ डा पुकार चन्द्र श्रेष्ठले प्रत्यारोपण क्षेत्रमा भएका नयाँ नयाँ गतिविधिकाबारेमा जानकारी लिंदै अघि बढ्न सम्मेलन कोशेढुंगा साबित हुने बताए ।
उनले भने, ‘प्रत्यारोपण क्षेत्रका राष्ट्रिय र अन्तरािष्ट्रय विज्ञहरु एकै थलोमा भेला भएर प्रत्यारोपण सेवालाई कसरी अघि बढाउन सकिन्छ भन्ने विषयमा छलफल हुनेछ । यसका साथै नेपालमा पनि प्रत्यारोपण सेवाको विकास र विस्तारमा अझ बढी के गर्न सकिन्छ भन्नेमा बृहत बहस हुनेछ ।’
यसैगरी सम्मेलनका साइन्टिफिक कमिटिका अध्यक्ष डा ऋषि कुमार काफ्लेले अंगदानका बारेमा विभिन्न देशका १९ जना अन्तराष्ट्रिय विज्ञहरुसहतिको विज्ञ टोलीबाट २६ बढी कार्यपत्रहरु प्रस्तुत हुने बताए । उनले अंगदानका बारेमा अझै पनि समाजमा जनचेतना कम भएको भन्दै मिडियाले यसमा बढी भूमिका खेलिदिनपर्नेमा जोड दिए ।
दुई दिने सम्मेलनमा प्रत्यारोपणसँग जोडिएका चिकित्सक, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरु गरी ३०० बढीको सहभागिता रहने बताइएको छ । कार्यक्रममा योसँगै नेपालमा प्रत्यारोपण सम्बन्धी रहेका दुई छुट्टाछुट्टै संस्था एक भएको र यो सम्मेलनको आयोजना पनि एक भएर नै गरिएको जानकारी दिइएको थियो ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights