फार्मेसी सहायकको लाइसेन्स परीक्षामा जम्मा १० प्रतिशत उत्तीर्ण

हेल्थ टिभी अनलाइन : नेपाल फार्मेसी परिषद्ले लिएको फार्मेसी सहायकको नाम दर्ता लाइसेन्स परीक्षामा १०.२० प्रतिशत मात्रै उत्तीर्ण भएका छन् । सानो भर्याङस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा भएको परीक्षामा अत्यन्तै कम प्रतिशत उत्तीर्ण भएका हुन् ।
परिषद्का रजिष्ट्रार सञ्जीवकुमार पाण्डेका अनुसार यो परीक्षाका लागि कुल १ हजार २९९ जनाले फारम भरेका थिए । तर आज परीक्षाका बेला १ हजार २६४ जना मात्रै सहभागी भए । ती मध्ये १२९ जना १० .२० प्रतिशत मात्रै उत्तीर्ण भएका हुन् । नाम दर्ता परीक्षामा ९० प्रतिशत अनुत्तीर्ण हुँदा कलेजहरुको पढाईको गुणस्तरमा समेत प्रश्न उठेको छ ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights