स्वास्थ्य मन्त्रालयद्धारा गुनासो सुनुवाई समिति गठन

हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा गुनासो सुनुवाई समिति गठन गरेको छ । मन्त्रालयले डाअनुप बास्तोलाको संयोजकत्वमा गुनासो सुनुवाइ समिति गठन गरेको हो । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले आइतबार गरेको निर्णय अनुसार यो समिति बनाइएको हो ।
मन्त्रालयका सूचना प्रविधि निर्देशक रमेश राज सुवेदी र शाखा अधिकृत गौरी प्रसाद आचार्य समितिका सदस्य रहेका छन् भने मन्त्रालयका सूचना अधिकारी समितिको सदस्य सचिवका रूपमा रहेका छन्।
सुशासन व्यवस्थापन र सञ्चालन ऐन, २०६४ को दफा ३१ र सोही ऐनको नियमावली, २०६५ को नियम २० बमोजिम गठित समितिको मुख्य उद्देश्य मन्त्रालय र मातहतका निकायहरूको सेवाप्रवाहसँग सम्बन्धित गुनासोहरूको सुनुवाइ गर्नु र समाधान गर्नु रहेको छ ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights