चिकित्सक संघको चौंथो हेल्थ समिट २८ मंसिरमा, युनिभर्सल हेल्थ कभरेजदेखि उत्तरदायी पत्रकारितासम्मका विषयमा छलफल हुने

हेल्थ टिभी अनलाइन : नेपाल चिकित्सक संघको चौथो राष्ट्रिय हेल्थ समिट यही मंसिर २८ र २९ गते काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा हुने भएको छ।
सम्मेलनको तयारी र छलफल हुने विषयवस्तुकाबारेमा जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष डा अनिल विक्रम कार्कीले ‘हेल्थ वियोन्ड हेन्थ’ भन्ने मुख्य सन्देश सहित दुई दिने सम्मेलन हुने जानकारी दिए। डा कार्कीले नेपालको स्वास्थ्य प्रणालीलाई समृद्ध र दिगो बनाउन नीतिगत सुझावहरु प्रस्तुत गर्न सम्मेलन सहयोगी सिद्ध हुने समेत बताए ।
उनले नेपालमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अझै पनि चुनौतीपूर्ण रहेको भन्दै यसलाई सुदृढ कसरी बनाउन सकिन्छ र सबैका पहुँचमा गुणस्तरीय सेवा कसरी पुराउन सकिन्छ भन्ने विषयमा विस्तृत रुपमा लुकेका र अहिलेसम्म खासै प्राथमिकतामा नपरेका विषयमा पनि सम्मेलनमा छलफल हुने जानकारी दिए ।
उनले धेरैले स्वास्थ्य भन्ने वित्तिकै उपचार सेवा भन्ने मात्र बुझ्ने गरेको भन्दै स्वास्थ्य भनेको योसँग सिधै जोडिएको मात्र नभएर यसबाहिरका धेरै कारणले असर गरिरहेकाले स्वास्थ्यमा स्वास्थ्यबाहेक पनि धेरै कुराले असर गरिररहेको छ भनेर हेर्न जरुरी रहेको जिकीर गरे। उनले भने, ‘त्यसैले यसपटक हामीले सम्मेलनको नारा पनि ‘हेल्थ वियोन्ड हेल्थ’ राखेका छौं ।’
सम्मेलनमा ७ वटा भिन्न भिन्न विषयवस्तुमा प्यानल छलफल हुनेछ । ती विषयहरुमा परिवर्तकारी स्वास्थ्य प्रणाली र युनिभर्सल हेल्थ कभरेज, स्वास्थ्य संकट र महामारी, चिकित्सा शिक्षा सुधार र नवपर्वतन, स्वास्थ्यमा सञ्चारमाध्यम, जनचेतना र उत्तरदायी पत्रकारिता रहेको सम्मेलनका साइन्टिफिक कमिटीका को चेअर डा प्रज्वल प्याकुरेलले जानकारी दिए ।
उक्त सम्मेलनमा स्वास्थ्य क्षेत्रसँग जोडिएका एक हजारभन्दा बढी व्यक्तिको सहभागिता हुने अपेक्षा गरिएको छ ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा