एन्टीबायोटिकको प्रयोग सावधानीपूर्वक गरौं : स्वास्थ्यमन्त्री पौडेल

एन्टीबायोटिकको प्रयोग सावधानीपूर्वक गरौं : स्वास्थ्यमन्त्री पौडेल

हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एन्टीबायोटिकको प्रयोग सावधानीपूर्वक गर्न सबैलाई अपिल गरेका छन् । विश्व एन्टीमाइक्रोबियल रेसिस्टेन्स सचेतना सप्ताहको अवसर पारेर मन्त्री पौडेलले भिडियो सन्देश दिंदै सबैलाई यसको समूचित प्रयोगको लागि आग्रह गरेका हुन्। एन्टीबायोटिकको जथाभावी प्रयोगका कारण उपचारमा जटिलता आउने र औषधिले काम नगर्ने अवस्था आउन थालेकाले यसबारे बेलैमा सचेत हुन आवश्यक रहेको उनले जिकीर गरे ।

मन्त्री पौडेलले यो समस्या मानव स्वास्थ्यमा मात्र नभएर पशु, कृषि, खाद्य तथा वातावरणमा समेत जोडिएकाले सबै सरोकारवालाले एकीकृत रुपमा काम गर्नपर्ने देखिएको बताए । उनले यो एन्टीमाइक्रोबियल रेसिस्टेन्सको समस्या समाधान गर्न सबैले आ -आफनो क्षेत्रबाट काम गर्नुपर्नेमा जोड दिए ।

एन्टीबायोटिक आवश्कताभन्दा कम, बढी तथा जथाभावी आफूखुशी प्रयोग गर्दा देखिने समस्या (जसमा रोगका किटाणुलाई मार्ने औषधि भन्दा किटाणु बलिया बन्दै बन्दै जान्छन ।) लाई एन्टीमाइक्रोबियल रेसिस्टेन्स भनिन्छ । यो समस्यालाई विश्व स्वास्थ्य संगठनले १० औं जनस्वास्थ्य चुनौतीका रुपमा राखेको छ । नेपालमा पनि धेरै एन्टीबायोटिकले काम गर्न छोड्न थालेको विभिन्न तथ्यांकहरुले देखाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो सचेतना सप्ताहभर विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाउँदैछ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा