स्वास्थ्य बीमालाई अझ व्यवस्थित गर्दै लान जरुरी छ : मन्त्री पौडेल

हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमालाई व्यवस्थित गर्दै लाने बताएका छन्।
पोखरा महानगरपालिमा रहेको पोखरा वृद्धाश्रममा स्थापित पोखरा जेरियाट्रिक स्वास्थ्य कक्षको उद्घाटन गर्दै उनले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन यसलाई व्यवस्थित गर्दै लाने आफनो योजना रहेको बताएका हुन्। मन्त्री पौडेलले स्वास्थ्य बीमाको रकम ५ लाख पुराउने लक्ष्य अनुरुप काम भइरहेको र सो प्रस्तावमा धेरैतिरबाट सकारात्मक प्रतिक्रिया आएको समेत जिकीर गरे । उनले स्रोत सुनिश्चित गर्दै आम्दानीका आधारमा अब बीमा कोषमा योगदान जस्ता विषयलाई अघि बढाउनपर्ने बताए । उनले स्वास्थ्यको बजेट ४ प्रतिशतको हाराहारीमा रहेको र यो अत्यन्त कम भएको भन्दै स्वास्थ्यमा कम्तीमा पनि १० प्रतिशत बजेट चाहिने बताए ।
पोखरा वृद्धाश्रमद्धारा सञ्चालित जेरियाट्रिक स्वास्थ्य कक्षको उदघाटन गर्न पुगेका मन्त्री पौडेलले सो जेरियाट्रिक स्वास्थ्य कक्षका लागि चाहिने आवश्यक स्वास्थ्य उपकरण तथा औषधिको लागि सहयोग गर्ने जनाए।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights