यस्ता छन् डेंगु नियन्त्रणका तीन उपाय

हेल्थ टिभी अनलाइन : गर्मी महिना जेठ असारदेखि नै देखिन थालेको डेंगु अहिले पनि धेरै जिल्लाहरुमा देखिरहेको छ । यसले पानीमा फूल पार्ने भएकाले स साना पानी जम्ने ठाउँबाट लामखुट्टेको संख्यामा अत्यधिक वृद्धि भई डेंगुका बिरामी बढ्न थाल्छन् ।
त्यसैले यसबाट बच्ने पहिलो उपाय भनेको आफनो वरिपरी पानी जम्न नदिने हो । ताकी पानीमा आएर लामखुट्टले अण्डा पार्न नसकोस् । अर्को कुरा घरबाहिर मात्र नभएर घरभित्र रहेका गमलाको पानी, स साना भाँडामा राखिएका पानीमा समेत अण्डा पार्ने भएकाले त्यसलाई पनि याद गर्नुपर्ने हुन्छ ।
दोस्रो उपाय भनेको यसको टोकाईबाट जोगिन पूरा बाहुला भएको कपडा लगाउने, झ्याल ढोकामा जाली हाल्ने तथा साँझपख सकेसम्म बाहिर ननिस्कने गर्नुपर्छ । यसैगरी तेस्रो नम्बरमा यदि केही गरी ज्वरो आउने, टाउको दुख्ने भएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights