सिकलसेल उपचारका लागि भेरी अस्पतालमा छुट्टै वार्ड स्थापना हुने

हेल्थ टिभी अनलाइन : पश्चिम तराईका थारु समुदायमा ठूलो स्वास्थ्य समस्याका रूपमा देखिएको सिकलसेल एनिमिया रोगको उपचारका लागि भेरी अस्पताल नेपालगञ्जमा बेग्लै वार्ड स्थापना हुने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तररीय निर्णय गर्दै सिकलसेलका बिरामीको लागि विशेष वार्ड स्थापना गर्ने भएका हुन्। यस व्यवस्थाले अहिलेभन्दा सिकलसेल बिरामीका लागि उपचार सहज हुने आफूले विश्वास लिएको पनि उनले जनाएका छन्।
उनले भनेका छन्, ‘१२ प्रतिशत थारु जनसंख्या सिकार हुँदै आइरहेको यो समस्यासँग जुध्न थप उपाय खोजीमा हाम्रो प्राथमिकता रहनेछ । यस कार्यमा हामी तपाईंको रचनात्मक सुझावको अपेक्षा गर्दछौं ।’
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights