स्तन क्यान्सरबारे सचेतना जगाउन ‘पिंक क्यान्डल लाइट इभेन्ट’

हेल्थ टिभी अनलाइन : नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले स्तन क्यान्सरबारे सचेतना जगाउन पिंक क्यान्डल लाइट इभेन्ट गरेको छ ।
अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना महिनाका रुपमा लिइने भएकाले यो महिनाभर अस्पतालले विभिन्न कार्यक्रम गरेको थियो । गत मंगलबार अस्पतालले हार्ड रक क्याफेसँको सहकार्यमा पिंक दीप प्रज्वलन कार्यक्रम गरेको थियाे । उक्त कार्यक्रममा उपचारका लागि सहयोगी हातहरु र नेपाल क्यान्सर सपोर्ट ग्रुपको पनि सहकार्य रहेको थियो । आशाको लागि ज्योति भन्ने नारासहित सबै जनाले पिंक कलरको ड्रेस लगाएर पिंक नै दीप प्रज्वलन गरेका थिए ।
कार्यक्रममा अस्पतालका अध्यक्ष डा सुदिप श्रेष्ठ, अस्पतालका मेडिकल निर्देशक डा विजेशराज घिमिरे, अन्य चिकित्सक, कर्मचारी तथा क्यान्सर सर्भाइभर्सको उपस्थिती रहेको थियो ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights