देश कसरी डुब्छ हेर्न वैद्यखाना गए पुग्छ : बालेन शाह

हेल्थ टिभी अनलाइन : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले देश कसरी डुब्छ भन्ने हेर्नका लागि सिंहदरबार वैद्यखाना गए पुग्ने बताएका छन् ।
शाहले सिंहदरबार वैद्यखानाको ३० औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सिंहदरबार वैद्यखाना देश कसरी डुब्छ भन्ने हेर्ने गतिलो उदाहरण स्थल भएको बताएका हुन् । उनले भने, ‘साना नानीबाबुहरुलाई देश किन डुब्यो भन्ने जान्न मन लागेको छ भने सिंहदरबार वैद्यखाना गएर हेरे पुग्छ । ५८ \५९ सालमा ५ करोड बजेट भएको वैद्यखानामा अहिले किन १ करोडमा खुम्चियो ? यसैले यसको अवस्था प्रस्ट हुन्छ ।’
उनले भने, अब सरकारको ध्यान जान्छ होला यसमा यदि सरकारले यसलाई राम्ररी चलाउन सक्दैन भने काठमाडौं महानगरलाई हस्तान्तरण गरोस् हामी चलाएर देखाउँछौं ।’
सबैको राजनिती गर्ने थलो बन्दा लामो इतिहास बोकेको सिंहदरबार वैद्यखाना औषधि उत्पादन त परै जाओस अहिले आफै थला परेको छ ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights